द प्रब्लम अफ द रूपी

बाबासाहेब आम्बेडकरद्वारा रचित अर्थ विधाको पुस्तक

द प्रब्लम अफ द रूपी: इट्स ओरिजिन एन्ड इट्स सल्युसन (अङ्ग्रेजी: The Problem of the Rupee: Its Problem and Its Solution, अनुवाद:रुपयाको समस्या र समाधान) बाबासाहेब आम्बेडकरले अक्टोबर १९२२ मा लन्डन स्कुल अफ इकोनोमिक्समा डाक्टर अफ सायन्स उपाधि प्राप्त गर्न प्रस्तुत गरेको शोधपत्र हो जसलाई डिसेम्बर १९२३ मा पुस्तकको रूपमा प्रकाशित गरिएको थियो । यस पुस्तकमा आम्बेडकरले पाउन्ड स्टर्लिङलाई भारतीय रुपयासँग जोडेर ब्रिटिस सत्ताको लाभ बढाउनुका साथै भारतीय जनतालाई हेरफेर गरेर भारतको अर्थतन्त्रलाई घाटामा पुर्याउने ब्रिटिस राजको षड्यन्त्रको वर्णन गरेका छन् । पाउन्ड स्टर्लिङलाई भारतीय मुद्राको साथमा जडान गरेका हुनाले भारतको अर्थ बेलायती कोषमा पुगी भारतको अर्थतन्त्रबाट बेलायतले गलत फाइदा उठाएको आम्बेडकरले यस पुस्तकमा व्याख्या गरेका छन् ।[१]

द प्रब्लम अफ द रूपी
लेखकबाबासाहेब आम्बेडकर
मूल शीर्षकThe Problem of the Rupee
भाषाअङ्ग्रेजी
प्रकारअर्थशास्त्र
प्रकाशित मिति
सन् १९२३

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. आम्बेडकर, भीमराव रामजी (सन १९२३), "The Problem of the Rupee: Its Origin and Its Solution" (अङ्ग्रेजीमा), पी. एस. किङ एन्ड सन, लिमिटेड।