द क्रायिङ अफ लट ४९ (नेपालीमा: लट ४९को बिक्री) अमेरिकी लेखक थोमस पिन्चोनद्धारा लिखित एक उपन्यास हो। यो पिन्चोनको सबैभन्दा छोटो उपन्यास हो। यस उपन्यासको मुख्य पात्र क्यालिफोर्नियाली युवती ओडिपा मास हुन्। उपन्यासमा ओडिपा मासले दुई मेल वितरण कम्पनीहरूको बीचमा शताब्दीयौंदेखि एउटा द्वन्द्व चलिरहेको छ भन्ने षडयन्त्र सिद्धान्तलाई अँगाल्न थाल्छिन्। यस उपन्यासलाई 'टाइम्स'ले सन् १९२३ देखि सन् २००५ को बिचमा अङ्ग्रेजी भाषामा लेखिएको सर्वश्रेष्ठ १०० उपन्यासमा सामेल गरेको छ।[१]

द क्रायिङ अफ लट ४९
पहिलो एडिसनको कभर
लेखकथोमस पिन्चोन
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
प्रकारपोस्ट मोर्डन साहित्य
प्रकाशित१९६५

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. Lev Grossman; Richard Lacayo (१६ अक्टोबर २००५), "TIME's Critics pick the 100 Best Novels 1923 to the Present", time.com, अन्तिम पहुँच २००८-१२-१५