समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेलामा मात्र गाइन्छ। हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरूले देउसीरे घन्काउँदै सामूहिक रूपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथि घिरौला के के दिन्छन् हेरौला भन्दै खुब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ ।

देउसी

यो गीत गाउँदा साधारणत: एक जना मुख्य हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको देउसुरे भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन।

उदाहरणको लागि:

देउसी टोलीको मुख्यले भन्छ - "आहै, भन मेरा भाइ हो"
समूह - देउसुरे!
मुख्य - " हे राम्ररी भन"
समूह - देउसुरे!
मुख्य - "आहै,स्वर मिलाई भन"
समूह - देउसुरे!
मुख्य - "आहै, भन न भन"
समूह - देउसुरे!
मुख्य: "आहै देउसीरे खेल्न"
समूह: देउसूरे!
मुख्य:"आहै आएका हामी"
समूह: देउसुरे!

यस्तै प्रक्रिया चल्दै गएपछि देउसी खेल गएको घरबाट नाङ्लोमा चामल, रुपैया पैसा, सेलरोटी आदि प्रकारका चीजहरु दिन्छन् ।

मुख्य ब्यक्तिले गीतको अन्तमा गएको घरका सबै जनालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू देउसुरे भन्दै गर्छन।[]

देउसी भैलो परापूर्व कालदेखि खेल्दै, रमाइलो गर्दै आइएको छ। खास प्रमाण केइ नभएतापनि यसको सुरुवात भने बलिराजा ले गरेको भन्ने सुन्नमा आएको पाइन्छ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्