दुर्लभ कुमार थापा

दुर्लभ कुमार थापा नेपाल प्रहरी नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक हुन् । [१] २०३५ सालमा उनले प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेपछि उनकै अग्रसरतामा निर्मित आईजीपी निवास, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना उल्लेखनीय छन् । सन् २०१३ मा पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज)बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए ।

दुर्लभ कुमार थापा
Durlav Kumar Thapa after giving a speech at the National Police Training Academy on 'Academy Day'.jpg
दुर्लभ कुमार थापा सदर प्रहरी तालिम केन्द्रको कार्यक्रममा
नेपाल प्रहरीको प्रमुख
कार्यकाल
वि.सं. २०३५ साउन – वि.सं. २०३९ ज्येष्ठ
पूर्वाधिकारीखड्गजीत बराल
उतराधिकारीदिलबहादुर लामा
सैनिक सेवा
निष्ठा नेपाल
श्रेणीआइ.जी.पी.

नेपाल प्रहरी

आई.पी.एस. (ईन्डियन पुलिस सर्भिस) तालिम

सन् १९५६/५७ मा तत्कालीन प्रहरी निरीक्षक दुर्लभ कुमार थापाले भारतको माउन्ट आबु स्थित ‘सेन्ट्रल पुलिस ट्रेनिङ्ग कलेज’ मा आई.पी.एस. (ईन्डियन पुलिस सर्भिस) तालिम गरेका थिए ।

नेपाल प्रहरीले ईन्टरपोल सदस्यता

वि सं २०२४ सालमा तत्कालीन आईजीपी रोम बहादुर थापाको कार्यकालमा नेपाल प्रहरीले जापानको क्योटोस्थित ईन्टरपोलको ३६ औँ महासभामा सहभागी भई नेपालले १०० औँ राष्ट्रको रूपमा सदस्यता पाएको थियो । सो क्रममा दुर्लभ कुमार थापाले नै प्रहरी उपरीक्षक (एसपी) का हैसियतले नेपाल प्रहरीको तत्कालीन प्रतिनिधि टोलीको नेतृत्व गरेका थिए ।

सदर प्रहरी तालीम केन्द्र (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) को समादेशक (कमान्डेन्ट)

तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दुर्लभ कुमार थापाले २०२४ चैत्र देखि २०२८ को फाल्गुण सम्म सदर प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) को समादेशक (कमान्डेन्ट) जिम्मेवारी वहन गरेका थिए ।

पूर्व क्षेत्र प्रहरी नायव महानिरीक्षकको कार्यालय, विराटनगरको प्रमुख

तत्कालीन प्रहरी नायव महानिरीक्षक (डिआईजी) दुर्लभ कुमार थापाले २०२९ जेठ देखि २०३३ सालको जेठ सम्म पूर्वक्षेत्र प्रहरी नायव महानिरीक्षकको कार्यालय, विराटनगरको प्रमुखको जिम्मेवारी वहन गरेका थिए । [२]

पश्चिम क्षेत्र प्रहरी नायव महानिरीक्षकको कार्यालय, नेपालगन्जको प्रमुख

तत्कालीन प्रहरी नायव महानिरीक्षक (डिआईजी) दुर्लभ कुमार थापाले २०३३ बैशाख २१ देखि २०३५ सालको बैशाख ०५ सम्म पश्चिम क्षेत्र प्रहरी नायव महानिरीक्षकको कार्यालय, नेपालगन्जको प्रमुखको जिम्मेवारी वहन गरेका थिए । [३]

प्रहरी महानिरीक्षक

खड्गजित बरालले वि.सं. २०३५ जेठ मा प्रहरी सेवाबाट अवकाश पाएपछि तत्कालीन प्रहरी नायव महानिरीक्षक दुर्लभकुमार थापालाई नेपालको तत्कालीन सरकारबाट प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गरियो । दुर्लभकुमार थापाले वि.सं. २०३५ साउन देखि २०३९ ज्येष्ठ सम्म प्रहरी महानिरीक्षकको कार्यभार सम्हाले । थापाको अवकाश पछि दिलबहादुर लामा (डि.बि. लामा) नेपाल प्रहरीको आइजीपी भए ।

स्रोत