दुई चरण प्रणाली
दुई चरण प्रणाली (अङ्ग्रेजी: Two-round system) वढीमत प्रणालीकै वर्गीकरण अन्तर्गत पर्दछ। यसमा पहिलो हने निर्वाचित हुने तरिकाबाट पहिलो चरणको निर्वाचन गरिन्छ, त्यसबाट कनै उम्मेदवार वा दलले प्राप्त गरेको मत साधारणतया पूर्ण वहुमत (पचास प्रतिशत भन्दा वढी) प्राप्त गर्न नसकेको अवस्थामा सवैभन्दा वढी मत ल्याउने दुई उम्मेदवारहरू दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्दछन् र दोस्रो चरणका मतदानबाट पूर्ण बहुमत प्राप्त गर्ने एकजनालाई विजयी घोषित गरिन्छ। यो प्रणाली लागु गर्ने मुलुकहरूमा फ्रान्स, अफ्रिकी गणतन्त्र कंगो, ग्योवोन, इजिप्ट, हाइटी, इरानहरू आदि छन्।
यसका अतिरिक्त पहिलो चरणको निर्वाचनमा प्राप्त गर्नुपर्ने मतको न्यूनतम प्रतिशत तोकिएको हुन्छ, न्यूनतम प्रतिशत प्राप्त गर्ने उम्मेदवारहरूबीच दोस्रो चरणको निर्वाचन गरिन्छ। उदाहरणको लागि फ्रान्सको विधायिकाको निवाचनको लागि १२.५% भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरू दोस्रो चरणको निर्वाचनमा प्रवेश गर्दछन् र दोस्रो निर्वाचनबाट सवैभन्दा वढी मत प्राप्त गर्ने, पहिलो हुने विजयी हुने प्रकृया अनुसार नै विजयी घोषित गरिन्छ। दोस्रो चरणको निर्वाचनमा पूर्ण बहुमत प्राप्त गर्नु अनिवार्य मानिदैन।
यो प्रणालीमा साधारणतया एक हप्ता वा एक पाक्षिकको अन्तरालमा एकै पदका लागि चरणको दई निर्वाचन कार्य सम्पन्न गरिन्छ।[१]
राम्रो पक्ष
सम्पादन गर्नुहोस्- मतदाताहरूलाई आफूले रोजेको उम्मेदवारलाईदोस्रो पटक मत दिने मौका हुनुका साथै विचार परिवर्तन भएमा उपयुक्त लागेको उम्मेदवारलाई मत दिन पाउने अवसर,
- मत विभाजनको समस्या हटाई जनप्रिय उम्मेदवारले जित्ने अवसर प्राप्त हुन्छ
- पहिलो र दोस्रो निर्वाचनको वीचको परिदृष्यलाई मूल्याङ्कन गरी प्रतिक्रिया देखाउन मतदातालाई अवसर मिल्ने फाइदा हुन
नराम्रो पक्ष
सम्पादन गर्नुहोस्- छोटो अवधिमा दुइ निर्वाचन गराउन व्यवस्थापनलाई कार्य वोझ र दवाव बढी हुने,
- अनुपात नमिल्ने तथा
- निर्वाचनमा पराजय भोग्ने निश्चित सङ्केत पाएपछि दोस्रो चरणको चुनाव वहिष्कार गर्न सक्ने वा त्यसलाई विघ्नबाधा हाल्ने कामलाई प्रश्रय दिन सक्छ।
उदाहरण
सम्पादन गर्नुहोस्फ्रान्सेली राष्ट्रपतिय निर्वाचन
सम्पादन गर्नुहोस्२०२२
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ निर्वाचन प्रणालीको प्रारुपः अन्तर्राष्ट्रिय आईडीईएको नयाँ हातेपुस्तक, इनेब्लिङ्ग स्टेट् प्रोग्राम, २००६, पृ: 60, आइएसबिएन 978-91-85724-06-2।