दुःखी वृद्ध मानिस नेदरल्यान्डेेेली उत्तर प्रभावोत्पादी चित्रकार भिन्सेन्त फन गोखद्वारा बनाइएको एक तेलचित्र हो जसलाई उनलेे सन् १८९० मा फ्रान्सको साँ-रेमी द-प्रोभँसमा प्रारम्भिक शिलामुद्रणको आधारमा बनाएका थिए।[२][३] अप्रिलदेखि मे महिनासम्ममा सम्पन्न भएको यस चित्र उनले साँ-रेमी द-प्रोभँसमा रहँदा बनाएका थिए जुुन उनले हेगमा रहँदा बनाएको पहिल्यैको एक चित्रमा आधारित थियो। उनले आफ्ना भाइ थियोलाई लेखेको पत्रमा उक्त चित्रलाई "हातमा टाउको र घुँडामा कुहिना राखेर चुल्हो छेउको कुर्सीमा बसिरहेका एक वृद्ध बिरामी किसान" भनेर वर्णन गरेका छन्। यो चित्र मे महिनाको सुरुवातमा सम्पन्न भएको थियो जब उनी आफ्नो मृत्युको लगभग दुई महिना अघि मानसिक अस्वस्थताबाट पुनरुत्थान गर्दै थिए। त्यसपछि सामान्य बुझाईमा उनले आत्महत्याको गरेको स्वीकार गरिन्छ।[४]

दुःखी वृद्ध मानिस
टाउको कपाल झरेको एकजना वृद्ध चुल्होमा आगोको छेउमा रहेको पहेँलो कुर्सीमा बसिरहेका छन्। अगेनामा थोरै आगो बलिरहेको छ। उनले निलो लुगा लगाएका छन्। उनी हातमा टाउको र घुँडामा कुहिना राखेर चुल्हो छेउको कुर्सीमा बसिरहेका छन्।
कलाकारभिन्सेन्त फन गोख
वर्षसन् १८९०
Catalogue
माध्यमतेलचित्र
आयामहरू८० सेमी × ६४ सेमी (३१.५ इन्च × २१.२ इन्च)
स्थानक्रोलर मुलर सङ्ग्रहालय[१], आतर्लो

दुःखी वृद्ध मानिस तेलचित्र फान गोखले मृत्युको दुई महिना अघि सन् १८९० मा सिर्जना गरेेेेका थिए। यो तेलचित्र हाल नेदरल्यान्ड्सको ओचर्लोमा रहेको क्रोलर-मुलर सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको छ। यस चित्रको आयामहरू २'७" x २'१" फिट छ र क्यानभासमा तेलचित्रको रूपमा वर्गीकृत गरिएको छ। यो चित्रकला कागजमा प्रारम्भिक शिलामुद्रणमा आधारित थियो जसको खाका फन गोखले फ्रान्सको सँ-रेमी द-प्रोभँसको शरणस्थलमा समय बिताउँदा बनाएका थिए। यो चित्रकलाले फन गोखको कमजोर स्वास्थ्यलाई प्रतिनिधित्व गर्दै कलाकृति भित्र धेरै तत्वहरू प्रदर्शन गर्दछ जसले उनको कमजोरी र उनको जीवनको अन्तिम चरणहरूमा उनको कामप्रतिको समर्पणलाई प्रतिबिम्बित गर्दछ भनेर स्वीकार गरिन्छ।[५]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Sorrowing old man ('At Eternity's Gate'), Kröller-Müller Museum|date=October 2016 |bot=InternetArchiveBot |fix-attempted=yes }}
  2. "Treurende oude man ('At Eternity's Gate') - Kröller-Müller Museum", मूलबाट २८ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१२ 
  3. "To Theo van Gogh. The Hague, Sunday, 26 and Monday, 27 November 1882", Vincent van Gogh: The Letters, Van Gogh Museum। 
  4. Hulsker, Jan (१९८६), The Complete Van Gogh: Paintings, Drawings, Sketches, Random House, पृ: ४४४, आइएसबिएन 0-517-44867-X 
  5. "SORROWING OLD MAN (AT ETERNITY'S GATE)", orourkes, अन्तिम पहुँच २३ अप्रिल २०२४