दिनेशकुमार थपलिया (जन्म विसं २०१८) नेपाल सरकारका पूर्वप्रशासक एवं निर्वाचन आयोग (नेपाल)का प्रमुख निर्वाचन आयुक्त हुन्।[१] ६ वैशाख २०७६ देखि उनी यस पदमा बहाल छन्।[२] उनी संखुवासभा जिल्ला खाँदवारी नगरपालिका वडा नं. ८, रातमाटे पाठकगाउँमा जन्मिएका हुन्।

दिनेशकुमार थपलिया
प्रमुख निर्वाचन आयुक्त
कार्यकाल
६/०१/२०७६–हालसम्म
पूर्वाधिकारीश्री डा. अयोधीप्रसाद यादव
उतराधिकारी-

शिक्षा सम्पादन गर्नुहोस्

उनले कानुन, व्यवस्थापन र शिक्षामा स्नातक तथा जनप्रशासनमा स्नातकोत्तर गरेका छन्।

क्यारियर सम्पादन गर्नुहोस्

प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त हुनुअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदबाट सेवा निवृत्त भएका थिए।[३] उनले निजामती सेवाको झण्डै दुई तिहाई अवधि यसै मन्त्रालय र मातहतमा रही काम गरेका थिए। यस क्रममा काठमाडौंविराटनगर महानगरपालिकामा कार्यकारी अधिकृत तथा इलामचितवन जिल्लामा स्थानीय विकास अधिकारीको जिम्मेवारी पनि सम्हाले। मन्त्रालयमा रहँदा विभिन्न शाखाको प्रमुख एवं योजना तथा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ता भई काम गरे। निजामती सेवाको विशिष्ट श्रेणीको पदमा पदोन्नति भएपछि उनले पश्चिमाञ्चल विकास क्षेत्रमा क्षेत्रीय प्रशासकको जिम्मेवारी पाएका थिए। त्यसपछि उनाी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पनि पुगे। उनले निजामती सेवामा प्रवेश वि.सं. २०४७ सालमा गरेका थिए।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्