दक्षिण अफ्रिकाको संविधान सभा


दक्षिण अपि|mकामा सन् १९९०को दशकपछि गोरा, काला, एसियन, रेड इन्डियनसमेतको समानुपातिक प्रतिनिधित्व होस् भन्न बहुमतका आधारमा निर्वाचित हुने प्रणालीलाई परित्याग गरी समानुपातिक प्रतिनिधित्वको निर्वाचन प्रणाली अपनाए। काला ७५ प्रतिशत, गोरा १४ प्रतिशत -डच, प|mेन्च, अंग्रेज र जर्मन), रेड इन्डियन ९ प्रतिशत, एसियन २ प्रतिशत, जनता देशका विभिन्न भागमा छरिएर बसेका थिए। दक्षिण अपि|mकामा सर्वप्रथम १९९१मा द्वन्द्व समाधान गर्न वृहत् राष्ट्रिय शान्ति सम्झौता सम्पन्न भयो। त्यसपछि सर्वदलीय सम्मेलन भयो। १९९२मा संविधानसभाको विधिबारे समझदारीको अभिलेख लागू भयो। यसले संविधानसभाको निर्माणप्रक्रिया र अन्तरिम सरकारको टुंगो लगायो।

१९९४मा पहिलो काला र गोराबेगरको निर्वाचन भयो। नेल्सन मण्डेला राष्ट्रपति बने सन् १९९४ मे १० मा। १९९४को निर्वाचनमा दक्षिण अपि|mका अन्तरिम संविधानमार्फत शासित थियो। यस अन्तरिम संविधानले संविधानसभामार्फत स्थायी संविधान बनाउन १९९६ मे ९मा स्वीकार गर्‍यो। संवैधानिक अदालतले यो संविधानको पुनरावलोकन गर्ने काम गर्‍यो र १९९६को डिसेम्बर २मा प्रमाणितसमेत गर्ने काम गर्‍यो। राष्ट्रपति मण्डेलाले डिसेम्बर १०, १९९६मा हस्ताक्षर गरेपछि १९९७को फेब्रुअरी ३ तारिखदेखि लागू हुने कामसमेत भयो। संविधानसभामा सूची प्रणालीमार्फत प्रतिनिधि चुनिने काम भयो।

दक्षिण अपि|mकामा निर्वाचन प्रणालीका रूपमा सूची प्रणालीलाई चयन गरियो। निर्वाचन दलीय रूपमा लड्ने, तर उम्मेदवारको नाम उल्लेख नगर्ने, मतपत्रमा राजनीतिक पार्टीको नाम, झन्डा र पार्टीको अध्यक्षको फाटो छापिएको थियो। मतदाताले जुन पार्टीलाई भोट दिने हो, त्यसको नामको अगाडि टिक लगाएर मत दिने काम गरे। मतगणना गर्दा जुन पार्टीले जति प्रतिशत मत प्राप्त गर्दछ, त्यही अनुपातमा त्यसलाई सांसद संख्या प्राप्त हुने बनाइयो। जातजाति, वर्ग र क्षेत्रका मानिस मिलाई सांसदहरू नियुक्त गर्ने काम राजनीतिक पार्टीले गरे। काला जातिको नेल्सन मण्डेलाको ७० प्रतिशत, डे क्लार्कको -गोरा जाति) २० प्रतिशत, बिथुजुलीको ५ प्रतिशत मत प्राप्त भयो। नयाँ संविधान नबनुन्जेल सर्वदलीय सरकारले काम गर्‍यो।[१]

स्रोत सम्पादन गर्नुहोस्

  1. कस्ता थिए अन्य देशका संविधानसभा ?, नयाँ पत्रिका, २७/०५/२०११। [dead link]