त्रिमूर्ति निकेतन नेपाली भाषाका तीन विभूतिहरू कविशिरोमणि लेखनाथ पौड्याल, नाटय सम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्माना स्थापित स्मारक स्थल हो जसमा उक्त तीन साहित्यकारहरूको पूर्ण कदको शालिक तथा उनिहरूको योगदानहरू सङ्ग्रहित छन्। यो स्थल २०६१ साल भदौ ११ गते उदघाटन भएको थियो। यो काठमाडौंको सञ्चारग्रामको परिसर भित्र रहेको छ। यस निकेतनको भवन नेपाली शैलीमा बनाईएको छ। भवनको छत माथि तीन शालिकहरू छन् भने भवन भित्र तीनै साहित्यकारहरूको कृतीहरू समावेश गरेर पुस्तकालय सञ्चालन गरिएको छ।

चित्र:त्रिमूर्ति निकेतन.jpg
त्रिमूर्ति निकेतन

नामाकरण सम्पादन गर्नुहोस्

वि.सं. २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको दार्जीलिङभ्रमणको अवसरमा उनीहरूलाई त्रिमूर्तिको नाउँमा प्रस्तावित गरिएको थियो। त्यसरी त्रिमूर्तिको नामकरण गर्नेहरू पनि त्रिमूर्ति नै अर्थात् सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मापारसमणि प्रधान (सूधपा) थिए। त्यही नामबाट प्रेरित भएर यो स्मारकको नामाकरण तथा निर्माण भएको हो।

उद्देश्यहरू सम्पादन गर्नुहोस्

यस संस्थाका मुख्य उद्देश्यहरू तीन मू्र्तिहरूको संरक्षण गर्नु, तीनै साहित्यकारहरूको कृतीहरूको व्याख्या तथा विश्लेषण गर्ने, उनिहरू सम्बन्धि लेखिएका लेख तथा शोधग्रन्थहरू सङ्कलन गर्ने, नेपाली भाषाको प्रचार, सभा तथा गोष्ठी गर्ने आदि हो।

सम्बन्धित लेखहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

आधिकारीक वेबसाईट वेब्याक मेसिन अभिलेखिकरण २००७-०५-१७ मिति