त्रिफला पुस्तकालय झापाको धुलाबारी बि. स. २०५३ वैषाख १ गते स्थापना भएको हो।[१] पुस्तकालयको स्थापनामा पुस्तकालयका संस्थापक एवं सक्रिय योगदान कर्ता प्रेमप्रकाश फलाहारीको महत्तपूर्ण योगदान रहेको छ । फलाहारिकै सत्प्रयासबाट यो पुस्तकालय पूर्वाञ्चलकै एक प्रमुख पुस्तकालयका रूपमा परिचित छ । पुस्तकालय भवनको परिसरमा मोतीराम भट्ट र जग्गा दाता एवं पाँच लाखको मोती पुरस्कारका निमित्त अक्षयकोषका संस्थापक छत्रबहादुर बस्नेतको सालिक निर्माण गरिएको छ । त्रिफला पुस्तकालयको विकास र मोती पुरस्कार स्थापना गर्ने कार्यमा साहित्यकार एवं समालोचक गणेशबहादुर प्रसाईंको अविस्मरणीय योगदान रहेको देखिन्छ ।

फलाहारी




सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अधिकारी, इन्द्रप्रसाद, पुस्तकालय तथा स्रोतकेन्द्र व्यवस्थापन एवम् सञ्चालन, साझा प्रकाशन,पुल्चोक।