त्येअङ्सी सिरिजङ्गा
त्येअङ्शी सिरीजङ्गा (पुरा नाम: त्येअङ्शी सिरीजङ्गा सिङ् थेबे) एक याक्लिथुङ लिम्बू भाषा,लिपि र साहित्यका महान ब्याक्तित्व हुन्। लिम्बू भाषा र लिपीका लागि गरेको उनको योगदान महत्त्वपूर्ण छ।[१] उनको जन्म सन् १७०४ को डिसेम्बरमा याङवरक थुम(हालको ताप्लेजुङ नेपाल)को तेल्लकमा मा भएको थियो।[२]
त्येअङ्सी सिरिजङ्गा |
---|
नवौँ शताब्दीको सिरिजङ्गा राजाले आफ्नो जनताहरूलाई शिक्षा दिने क्रममा आफ्नै भाषा दिने क्रममा उनले धेरै भाषाका लिपिहरूको सङ्ग्रह गरेर र ती सबै लिपिहरु लिम्बू भाषाको शब्द र ध्वनि उच्चरणसँग भिन्न पाएपछि उनी तिब्बतमा नालान्दा विश्वविद्यालय गए ।[३] त्यहाँ गएर रकक्षित र विमल मित्राजस्ता विद्वानहरूलाई भेटेर फर्के पछि आफ्नो भाषाका शब्द र ध्वनि उचारणसँग मिल्ने गरी लिपिको तयार गरे । यसरी नवौँ शताब्दीमा निर्माण भएको र प्रयोग भएका लिपि पछि सत्रौँ शताब्दीतिर हराईसकेको अवस्थामा त्येअङशी सिरिजङ्गाले पुनरुत्थान गरे र त्यसको लिपिलाई प्रचार गरेका थिए।[४]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ माबुहाङ, अर्जुनबाबु (८ पुस २०७५), "एउटै थिए सिरिजङ्गा", हिमालखबर, अन्तिम पहुँच २२ जेष्ठ २०७९।
- ↑ माबुहाङ, अर्जुनबाबु (८ माघ २०७८), "सिरिजङ्गालाई किन चाहियो फुर्का ?", कान्तिपुर, अन्तिम पहुँच २२ जेष्ठ २०७९।
- ↑ राई, गणेश (३ माघ २०७८), "तीन दर्जन किरात भाषा लेखन अब सिरिजङ्गा लिपिमा", कान्तिपुर, अन्तिम पहुँच २२ जेष्ठ २०७९।
- ↑ माबुहाङ, अर्जुनबाबु (२८ मंसिर २०७३), "सिरिजंगा को हुन् ? लामाले किन हत्या गरे ?", अनलाइनखबर, अन्तिम पहुँच २२ जेष्ठ २०७९।