तेल्पोस कुलुङ भाषाको पहिलो चलचित्र हो । यो चलचित्र २०६९ मा सोलुखुम्बुको बुङ, छेस्काम तथा काठमाडौँका विभिन्न स्थानमा छाँयाङ्कन गरी निर्माण गरिएको थियो । यो चलचित्रमा कुलुङ समुदायको भाषा, सस्कृतिबारे जानकारी दिइएको कथावस्तु रहेको छ । सुखमान श्रीपोसद्वारा लिखित यस चलचित्रका निर्माता विवेक कुलुङ रहेको छन् भने मुख्य भूमिकामा विवेक कुलुङ, परीता कुलुङ, सन्देश कुलुङ आदि रहेका छन् । प्रदिप भाटको निर्देशनमा रहेको सो चलचित्रका गितमा सङ्गितकार अर्जुन पोखरेलको रहेको छ भने गीत रचना केडी रेम्नीसिङको रहेको छ ।