तीर्थबहादुर गन्धर्व (वि.सं. २०१० - वि.सं. २०७०) वरिष्ठ लोकगायक हुन्।

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म वि.सं. २०१० सालमा तनहुँको चोकचिसापानीमा भएको थियो। बाबुबाजेले गर्दै आएको परम्परालाई निरन्तरता दिने क्रममा तीर्थबहादुर सानै उमेरदेखि गीत गाउन गाउँघर डुल्ने गर्थे।

गायन सम्पादन गर्नुहोस्

उनले झण्डै डेढसय गीत गाएका छन्। उनले ३२ वर्षसम्म रेडियो नेपालमा काम गरेका थिए। रेडियो नेपालमा गायन तथा वाद्यवादनको काम गरे। उनका चर्चित गीतहरूः

  • बल्ल पर्‍यो निरमाया माकुरी जालैमा...
  • वनको भलाए
  • आइएम सरी

निधन सम्पादन गर्नुहोस्

उनको निधन वि.सं. २०७० भदौ २८मा सैनिक अस्पताल छाउनीमा भयो। उनी उच्च रक्तचाप र मधुमेह पीडित थिए।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्