सुदूरपश्चिमको बैतडीको दशरथचन्द नगरपालिकामा जन्मेका तिलकसिंह पेला गायक, सङ्गीतकारका साथै तथा शास्त्रीय सङ्गीतमा क्रियाशील रहेका छन्।

तिलकसिंह पेला
तिलकसिंह पेला गीत रेकर्डिङ्का बेला
व्यक्तिगत विवरण
जन्म (1979-04-07) ७ अप्रिल १९७९ (उमेर ४५)
बैतडी, सुदूरपश्चिम, नेपाल
विधाआधुनिक सङ्गीत, शास्त्रीय सङ्गीत, गायन
पेशागायक, सङ्गीतकार, गीतकार
सक्रिय वर्ष(सन् १९९५ – हाल)

बाल्यकाल सम्पादन गर्नुहोस्

पेला बि. सं. २०३५ सालमा बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा जन्मेका हुन। उनका बुवा भारतीय सेनाबाट अवकाश प्राप्त ब्यक्ति थिए। उनका तीन जना दाजु छन् भने तिलकसिंह ६ वर्षका हुँदा प्यारलाइसिसका कारण उनरा बुवाको निधन भएको थियो।[१]


सङ्गीतिक यात्रा सम्पादन गर्नुहोस्

बि. सं. २०५३ सालमा तिलकसिंहले आफ्ना दाई कृष्णसिंहको सहयोगमा गीत रेकर्डिङ गर्न काठमाडौं आएका थिए। उनको रेकर्ड भएको पहिलो गीत ‘कहानी बनेन मेरो केही यस्तै भयो जिन्दगी मेरो…’ हो। जो गीत आँशु एल्बममा समावेश गरिएको थियो। यो गीत कृष्णसिंहले नै लेखेका हुन् भने तिलकसिंहले संगीत भरेका हुन्।

  • १. ‘आँसु’ एल्बम - बि. सं. २०५३
  • २. आँसु भाग २
  • ३. आँसु भाग ३
  • ४. के लत बस्यो - गजल (बि. सं. २०७९)[२]



गीतहरू
  • लुकाउन खोज्दा पनि आँसु नखसेको हैन
  • के गर्नु र निधारमा हाँसो त लेखेकै छैन
  • फेरि पनि आफ्नो व्यथा कसैलाई भनेकै छन्
  • उदाश उदाश साँझमा तस्बिर लिएर हातमा
  • गाउँदैछु यौटा गीत प्रियसीको यादमा
  • निर्जन किनारसँग सोधिरहन्छु म
  • मेरो ओठबाट उनको नाम
  • खोसेर लग्यो कसले
  • कथा यौटै तिम्रो मेरो विवशताले बुनिएको
  • नियतिको आँधिहुरी कलेजीमै खनिएको[३]
 
गायक तिलकसिंह पेला र गजलकार प्रदिप कुमार मैनाली
के लत बस्यो - गजल
  • के लत बस्यो मलाई कहिले सुधार हुन्छ
  • एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ 
  • साथी रहेछ दुःख हरपल सवार हुन्छ
  • सुख पाहुना रहेछन् छुट्टै हतार हुन्छ
  • पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
  • धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ ?
  • खोला नदी समुद्र जे नाम होस् न आखिर
  • अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ

सम्मान तथा पुरस्कार सम्पादन गर्नुहोस्

  • शिलापत्र वर्षकलाकार २०७९[४]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाह्य कडीहरू सम्पादन गर्नुहोस्