तियाङगोङ अन्तरिक्ष स्टेसन

तियाङगोङ (चिनियाँ: 天宫; फिनयिन: Tiāngōng; शाब्दिक रूप: "स्वर्गको दरबार")[३] [३][४][५]पृथ्वीको तल्लो कक्षबाट ३४० र ४५० किमी (२१० र २८० माइल)माथि स्थापित एक अन्तरिक्ष स्टेसन हो। यो अन्तरिक्ष स्टेसन एक पटक स्थापना भएपछि यो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको द्रव्यमानको १/५ हिस्सा र खण्डित रुसी मिर अन्तरिक्ष स्टेसनको आकारको लगभग बराबर हुनेछ। तियाङगोङको पिन्ड ८० टनदेखि १०० टनको (१८०,००० र २२०,००० पाउन्ड) बीचमा हुने अपेक्षा गरिएको छ। यसको कार्य सञ्चालन चीनको बेइजिङ अन्तरिक्ष यान नियन्त्रण केन्द्रबाट नियन्त्रण गरिनेछ। यस स्टेसनको मुख्य प्रतिरूप यन्त्र, 'तियान्हे' ('स्वर्गको सद्भावना') सन् २०२१ अप्रिल २ मा प्रक्षेपण गरिएको थियो।

तियाङगोङ अन्तरिक्ष स्टेसन
Tiangong Space Station[१]
अन्तरिक्ष स्टेसनको प्रतिरूप
स्टेसन तथ्याङ्क
दलपुरा चालक दल: ३
हालको सवार:३
(शेन्जो-१२)
अभियान: १
नाइके: निह हाइसङ (चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन) [२]
प्रक्षेपण२९ अप्रिल २०२१ (तियान्हे)
२०२२ (WentianMengtian)
प्रक्षेपण स्थलवेनचाङ अन्तरिक्ष यान प्रक्षेपण स्थल LC-1
तौल१ लाख किलोग्राम
लम्बाइ~ २०.०० मिटर
व्यास~ ३.०० मिटर
चापीय आयतन११० मी3 (३,८८० घन फिट) (योजनाबद्ध)
कक्षमा दिन२ वर्ष, ११ महिना, १७ दिन
(१५ अप्रिल २०२४)
बिताएको दिन२ वर्ष, ९ महिना, २९ दिन
(१५ अप्रिल २०२४)

कार्य सन्चालन सम्पादन गर्नुहोस्

स्टेसनमा चालक सहितको र रोबोटिक अन्तरिक्ष यानले आपूर्ती गर्नेछ।

चालक दल सहितको मिसन सम्पादन गर्नुहोस्

तियाङगोङ को प्रारम्भिक चालक सहितको मिसनहरूमा शेन्जो-१२ अन्तरिक्ष यान को प्रयोग हुन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "集大众智慧于探索融中华文化于飞天", ५ नोभेम्बर २०१३, "最终决定沿用“天宫”作为载人空间站的整体名称,但后面不再加序号 (The final decision was to use "Tiangong" as the overall name of the manned space station, but without the serial number at the end)" 
  2. "关于中国"天和"核心舱与天宫空间站 你需要知道这些", ३० अप्रिल २०२१, "目前,“天和”核心舱的设计载员是三人,但“天宫”空间站最终建成后可容纳六名宇航员" 
  3. ३.० ३.१ Clark, Stephen (२९ अप्रिल २०२१), "Assembly of Chinese space station begins with successful core module launch", Spaceflight Now, अन्तिम पहुँच १८ जुन २०२१ 
  4. "China launches first section of its massive space station", China Daily, २९ अप्रिल २०२१, मूलबाट २९ अप्रिल २०२१-मा सङ्ग्रहित, "China's most adventurous space endeavor, the multimodule space station, named Tiangong, or Heavenly Palace, will be mainly composed of three components" 
  5. "China launches space station core module Tianhe", Xinhua, २९ अप्रिल २०२१, "The Tianhe module will act as the management and control hub of the space station Tiangong, meaning Heavenly Palace"