तराई मधेश लोकतान्त्रिक पार्टी

तराई मधेश लोकतान्त्रिक पार्टी नेपालको एक राजनीतिक दल थियो जसको गठन पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका राष्ट्रिय कोषाध्यक्ष महन्थ ठाकुरले गरेका थिए। यो दल कुनै समय नेपालको तराई क्षेत्रमा बलियो आधार भएको सबैभन्दा ठूलो मधेश केन्द्रित दल थियो।[१] २०६४ पुुस १२ गते, पार्टीको स्थापनाको घोषणा गरिएको थियो। यो पार्टी ठाकुरले "मारे तो मुक्ति, जिए तो मधेश" भन्ने लोकप्रिय नाराका साथ बनाएका थिए जसको अर्थ यदि म बाँच्छु भने, म मधेशको लागि लड्नेछु र मैले मुक्ति पाउनेछु भन्ने हुन्छ। अन्तरिम संसदमा ठाकुर सहित यसका चार जना सांसद थिए।

तराई मधेश लोकतान्त्रिक पार्टी

तराई मधेश लोकतान्त्रिक पार्टी
अध्यक्षमहन्थ ठाकुर
स्थापना२०६४ पुस १२
विघटन२०७४ वैशाख ८
पूर्वकालीननेपाली काङ्ग्रेस
नेपाल सद्भावना पार्टी
नेकपा (एमाले)
मधेशी जनअधिकार फोरम मधेश
राष्ट्रिय प्रजातन्त्र पार्टी
अग्रकालीनराष्ट्रिय जनता पार्टी
तराई-मधेश लोकतान्त्रिक पार्टी
प्रमुख कार्यालयअनामनगर, काठमाडौँ
विचारधारासामाजिक लोकतन्त्र
मधेशी अधिकार
राजनीतिक स्थानमध्य-वाम

राष्ट्रिय जनता पार्टीमा विलय सम्पादन गर्नुहोस्

२०७४ वैशाख ८ गते, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेश जनता पार्टी बीच एकीकरण भएर राष्ट्रिय जनता पार्टी नेपाल बनेको थियो।[२][३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "ekantipur | Nepal's No.1 News Portal | Breaking News, National, World, Business, Sports and Entertainment News", Kantipuronline.com, मूलबाट २००७-१२-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०४-२४  वेब्याक मेसिन अभिलेखिकरण २००७-१२-२९ मिति
  2. Post Report (२०१४-१२-०१), "Six Madhes-based parties unite to form Rastriya Janata Party (Update)", Ekantipur, अन्तिम पहुँच २०१७-०४-२१ 
  3. "Six Madhes-based parties under one umbrella", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-१८