तकोभो काक पुतिन (रुसी: Такого как путин) रुसी साङ्गीतिक समूह पोयुसिये भ्मेस्ते (रूसी: Поющие вместе, अनुवाद: सँगै गाऔँ)ले सिर्जना गरेको एक गीत हो। यो गीतका गीतकार अलेक्जेन्डर एलेन हुन्। यो गीत सन् २००२ मा भ्लादिमिर पुतिन राष्ट्रपति भएको दुई वर्ष हुँदा लेखिएको गीत हो। यो गीत २००२ मा "रुसी साङ्गीतिक तालिका" मा शीर्ष स्थानमा रहेको थियो।[१] यो गीतको चर्चाले साङ्गीतिक समूहको नाम विश्वभर फैलिएको थियो। पुतिनले आफ्नो समर्थनमा निकालिने र्‍यालीहरूमा यही गीत बजाउन लगाउँथे। उनका समर्थकहरू नारा लाउनुको सट्टा यही गीत गाउँदै हिँड्न थालेका थिए। निकै चर्चित भएपछि यो गीत अङ्ग्रेजीमा अनुवाद गरेर पनि गाइएको छ। पुतिनलाई गीतमा देशलाई सही दिशामा डोहोर्‍याउने असल नेता, उदाहरणीय व्यक्तित्व र अनुकरणीय पतिका रूपमा देखाइएको छ। यो गीत आउँदा रुसमा पुतिनलाई देश बचाउने मसिहाका रूपमा लिइन्थ्यो। यो गीतमा पुतिनबारे मान्छे बढी नै सकारात्मक भएको भन्दै व्यङ्ग्य पनि गरिएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. National Geographic Music News (डिसेम्बर ७, २००९), "PBS Launches New Global Music Series", National Geographic Society, मूलबाट फेब्रुअरी २९, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०८-१९  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २९, २०१२ मिति