च्याब्रुङ नाच (ढोल नाच)

च्याब्रुङ नाच सम्पादन गर्नुहोस्

विशेष गरेर लिम्बू जातिका मानिसहरूले नाच्ने परम्परागत नाच हो ढोल नाच । यस नाचमा एउटा ठुलो बाजा हुन्छ, जसलाई नै ढोल वा च्याब्रुङ भनिन्छ । ढोल नाचलाई च्याब्रुङ नाचले पनि चिनिन्छ । यो नाच आईमाई र लोग्नेमानिस दुबैले मिलेर नाच्न पाउँछ्न् । यसका विभिन्न चालहरु हुन्छ्न् । यसमा क्रमशः एक अर्काले खुट्टा चाल्दै नाच्दछ्न् । यो नाच गोलो आकार बनाई नाच्ने चलन छ । यसका ३६ वटा रागहरु हुन्छन् अर्थात् ३६ किसिमले नाचिन्छ । तर अचेलका युवायुवतीले यि सबै प्रकारका नृत्य गर्न जान्दैनन् । यो नाच सँगै पालम पनि गाउने चलन छ ।