लियाम पेन सन् २०१८ मा

लियाम जेम्स पेन (जन्म २९ अगस्ट १९९३) एक बेलायती गायक तथा सङ्गीतकार हुन्। उनी एक बेलायती साङ्गीतिक समूह वान डिरेक्सनको सदस्यको रूपमा चर्चित भएका थिए। उनले सन् २००८ मा बेलायती दूरदर्शन कार्यक्रम 'द एक्स फ्याक्टर'को लागि अडिसन दिएर आफूलाई पहिलो पटक एक गायकको रूपमा उभ्याएका थिए। एकल गायकको रूपमा उनी सो दूरदर्शन कार्यक्रमबाट बाहिरिए पछि, सन् २०१० मा उनले पुन: अडिसन दिएका थिए र चार सदस्यहरूका साथ एक साङ्गीतिक समूहको स्थापना गरिएको थियो जसको नाम वान डिरेक्सन राखिएको थियो। यस साङ्गीतिक समूहले त्यसपछि पाँच गिती सङ्गालो जारी गर्नुका साथै चार विश्व भ्रमण गरेर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू समेत जित्न सफल भएको थियो। पेनले अन्य केही निर्माताहरूसँग सहकार्य गरि गायिका सेरिल तथा आफ्नो साङ्गीतिक समूहका सदस्यहरूको सहायतामा गीतहरूलाई समायोजन गर्ने काम पनि गरेका थिए।

सन् २०१६ मा पेनले उत्तर अमेरिकामा रिपब्लिक रेकर्ड्ससँग एक रेकर्डिङ सम्झौतामा हस्ताक्षर गरेका थिए। मे २०१७ मा, पेनले स्ट्रिप द्‌याट डाउन नामक गीतलाई आफ्नो आगामी पहिलो गिती सङ्गालोबाट एकल गीतको रूपमा सार्वजनिक गरेका थिए। यो गीत बेलायती एकल चार्टमा तेस्रो स्थान र संयुक्त राज्य अमेरिकाको बिलबोर्ड हट १००मा १०अौँ स्थानमा पुग्न सफल भएको थियोे। यससँगै यो गीत दुवै देशहरूमा प्लेटिनम प्रमाणित भएको थियोे। (पूरा  पढ्नुहोस्...)