डेस्टिनीज चाइल्ड

अमेरिकी साङ्गीतिक समूह

डेस्टिनीज चाइल्ड सन् १९९७ मा ह्युस्टन, टेक्ससमा बनेको तीन चोटी ग्रामी पुरस्कार जितेको अमेरिकी महिला आर एन्ड बी समूह थियो । चार व्यक्तिको "गर्ल्स टाइम" नामक समूहबाट पछि डेस्टिनीज चाइल्ड बियोन्से, केली रोल्यान्डमिशेल विलियम्स रहेको साङ्गीतिक त्रय बनेको थियो । विश्व सङ्गीत पुरस्कार अनुसार डेस्टिनीज चाइल्ड विश्वकै सर्वाधिक रेकर्ड बिक्री गरेको समूह थियो । जून १२, २००५ मा बार्सिलोनामा आयोजित प्रत्यक्ष प्रदर्शनको अन्त्यमा डेस्टिनीज चाइल्डको विघटनको घोषणा गरिएको थियो । उक्त समूहका सदस्यले सङ्गीत, अभिनय र नाट्यशालाको क्षेत्रमा विभिन्न कार्यमा सहभागिता जनाउने इच्छा प्रकट गरेका थिए ।[१]

डेस्टिनीज चाइल्ड
फेब्रुअरी ३, २०१३ मा डेस्टिनीज चाइल्डको सुपर बोलमा प्रस्तुति
व्यक्तिगत विवरण
उपनामगर्ल्स टाइम
उत्पत्तिह्युस्टन, टेक्सस, संयुक्त राज्य अमेरिका
विधाआर एन्ड बी
सक्रिय वर्षसन् १९९७ - सन् २००६
लेबल
वेबसाइटdestinyschild.com
पूर्व सदस्य(हरू)

सन् २००६ मा डेस्टिनीज चाइल्डको आधिकारिक विघटन भएको थियो ।[२] हालसम्म डेस्टिनीज चाइल्डले कुल ६ करोड रेकर्डको बिक्री गरेको छ । बिलबोर्डले उक्त समूहलाई विश्वकै सर्वाधिक प्रचलित त्रयमध्ये एक, सन् २००० को दशकको सबैभन्दा सफल त्रय्मध्ये नवौँ र इतिहासकै सर्वश्रेष्ठ १०० कलाकारका सूचीमा ६८ औँ स्थानमा सूचिकृत गरेको छ ।[३][४][५] सन् २०१६ मा बिलबोर्डले डेस्टिनीज चाइल्डलाई सर्वाधिक सफलता प्राप्त समूहको सूचीमा ९० औँ स्थानमा सूचिकृत गरेको थियो ।[६]

सङ्गीत सम्पादन गर्नुहोस्

सदस्य सम्पादन गर्नुहोस्

प्रत्यक्ष प्रस्तुति सम्पादन गर्नुहोस्

प्रमुख कलाकारको रूपमा प्रस्तुति

सहायक कलाकारको रूपमा प्रस्तुति

ओपनिङ एक्टको रूपमा प्रस्तुति

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "98.9 Magic FM - Biography - Destiny's Child", ९८.९ म्याजिक एफएम [dead link]
  2. व्याक्सम्यान, ओलिभिया (जनवरी ११, २०१३), "Beyoncé and Destiny's Child to Release Original Track for First Time in Eight Years", टाइम, मूलबाट जनवरी १, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जून ११, २०१३ 
  3. "Billboard Greatest Trios of All Time", बिलबोर्ड, मूलबाट अप्रिल ३०, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १३, २००८ 
  4. "Best of the 2000s. Artists of the Decade", बिलबोर्ड, प्रोमिथियस ग्लोबल मिडिया, पृ: १, मूलबाट सेप्टेम्बर १३, २००१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ७, २०१२ 
  5. "The Billboard Hot 100 All-Time Top Artists", बिलबोर्ड, नीलसेन बिजनेस मिडिया, मूलबाट सेप्टेम्बर १३, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १७, २००८ 
  6. "Greatest of All Time Top Dance Club Artists : Page 1", मूलबाट जुलाई ७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २१, २०२० 

बाह्य कडी सम्पादन गर्नुहोस्