पाँचथर जिल्लाको सुभाङ एकचेपामा जन्मेका डिल्लीराम तिम्सिना (१९८०-२०४८) ले दर्शनमा आचार्य र नेपालीमा एम.ए. गरी विद्यावारिधिको उपाधि प्राप्त गरेका छन् । उनले स्नातककोत्तर गर्नासाथ दार्जिलिङको

सरकारी विद्यालयमा प्राध्यापन गरेको देखिन्छ भने २०१८ देखि २०४५ सम्म बनारस हिन्दू विश्व विद्यालयमा प्राध्यपन गरेको पाइन्छ ।[१] आफ्नो अध्ययन र लगनशीलताले हिन्दी, संस्कृत, बङ्गाली, जर्मन, असमिया जस्ता भाषामा समेत विशेष दक्षता प्राप्त गरेका तिम्सिनाको शिक्षासेवा र समाज सेवामा उत्तिकै योगदान रहेको पाइन्छ ।

तिम्सिनाका प्रकाशित कृतिहरू यसप्रकार छन् -

१.सम्झना (कवितासङ्ग्रह २०१७)

२.हाम्रो साहित्य र साहित्यकारहरू (सहलेखन २०१८)

३.छन्द र अलङ्कार (सहलेखन २०१८)

४.दर्शनको रूपरेखा (२०१९)

५.प्रबन्ध लता (२०१९)

६.बनारसको चिठी (२०२५)

७.बसिबियाँलो (निबन्धसंग्रह २०३१)

८.रविन्द्रनाथको प्राचीन साहित्य (अनु.. )

९.काव्यमीमांसा (अनुवाद रविश्लेषण २०३१)

१०.बिर्सन्न बिर्सन्न है (कवितासङ्ग्रह २०३५)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. सुवेदी, राजेन्द्र (२०६१), नेपाली समालोचना परम्परा र प्रवृत्ति, वाराणसी (भारत) : भूमिका प्रकाशन