डिकमान विरही
डिकमान विरही झापाली कवि हुन् । उनको परिचय यसप्रकार रहेको छ ः
परिचय
सम्पादन गर्नुहोस्सरस्वता सुनुवार र सहरमान सुनुवारका छोराका रूपमा २०१२ माघ १० गते फुङलिङ २, ताप्लेजुङमा जन्मिएका डिकमान सुनुवारको साहित्यिक नाम डिकमान विरही रहेको देखिन्छ । उनको जन्मस्थान ताप्लेजुङ भए पनि कर्मस्थान चाहिं झापा हो ।
साहित्य साधना
सम्पादन गर्नुहोस्२०३३ तिर भद्रपुरबाट प्रकाशित हुने सूर्योदय साप्ताहिकमा महेन्द्र हुन् राजा शीर्षक कविताबाट साहित्यमा प्रवेश गरेका विरही विभिन्न विधामा कलम चलाउँछन् तापनि उनी मूलतः कविका रूपमा परिचित छन् ।