डम्बर बहादुर बुढापीर्थी

लुइस ब्याङ्क्स जन्म ११ फेब्रुअरी १९४१ (बाल्यकालको नाम डम्बर बहादुर बुढापीर्थी) नेपाली संगीतकार हुन्। यिनी पियानोवादक तथा ज्याज संगीतकारका रूपमा विश्व प्रसिद्ध छन्।[]

लुइस ब्याङ्क्स
वास्तविक नामडम्बर बहादुर बुडापीर्थी
जन्म (1941-02-11) ११ फेब्रुअरी १९४१ (उमेर ८३)
दार्जीलिङ, भारत
विधाज्याज, रङ्गमञ्च, विश्व संगीत
पेशाकम्पोजर, संगीत निर्देशक, गायक, वाद्यबादक
वाद्ययन्त्रपियानो, trumpet, गितार, कीबोर्ड
सक्रिय वर्ष1982-हाल

११ फेब्रुअरी १९४१ मा दार्जीलिङमा जन्मेका ब्याङ्सले आफ्ना बाबु जर्ज ब्याङ्क्स (पुष्कल बहादुर बुडापीर्थी)बाट संगीतको प्रारम्भिक शिक्षा लिएका थिए। भारतीय सेनाका ब्याग-पाइपर बाबुको साथमा यिनी कोलकाता पुगेका थिए जहाँ यिनले संगीतको उच्च शिक्षा हासिल गरे। बाबु जर्जले विश्वप्रसिद्ध ज्याज पियानोवादक लुई आर्मस्ट्रङको नामबाट यिनको नाम लुईस ब्याङ्क्स राखिदिएका थिए।[]

यिनका बाजे बखतबीर बुडापीर्थी नेपाली सेनाका ब्याण्ड मास्टर थिए जसले नेपालको पुरानो राष्ट्रगान श्रीमान् गम्भीर नेपाली मा संगीत भरेका थिए।[]

व्यक्तिगत जीवन

सम्पादन गर्नुहोस्

उनले मूलतः भारतकी लोरेन[] सँग विवाह गरेका हुन्। उनीहरुका चार सन्तान आन्द्रे, गिनो बैंक्स, नील र मोनिक छन् । Gino Banks एक कुशल ड्रमर र फ्युजन ब्यान्ड 'Nexus' को सदस्य हो। उनीहरु झुमुम्बसीमा बस्छन्

फिल्मोग्राफी

सम्पादन गर्नुहोस्
वर्ष चलचित्र
1982 An August Requiem
1986 New Delhi Times
1986 Kala Dhanda Goray Log
1990 Vembanad
1991 Hum
1991 Lakshmanrekha
1992 Suryavanshi
1992 Aasmaan Se Gira
1993 Divya Shakti
1994 Insaniyat
1995 God and Gun
1995 Barsaat
1998 Duplicate
2000 Punaradhivasam (Co-Composed by Sivamani)
2002 Bokshu – The Myth
2004 God Only Knows!

डिस्कोग्राफी

सम्पादन गर्नुहोस्
वर्ष एल्बम
1997 The Freedom Run
2005 Love is in the air – Music for romance 1
2005 Love is in the air – Music for romance 2
2008 Miles from India
2008 Floating Point – John McLaughlin
2011 Moonlight in Goa
2011 Labyrinth
2011 Solo Piano Ballads
2016 GANGASHAKTI


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "The big daddy of jazz", The Telegraph, अन्तिम पहुँच १३ अक्टोबर २००९ 
  2. "यी हुन् हाम्रा डम्बरबहादुर (लुइ ब्याङ्क्स), जसलाई ‘गडफादर अफ इन्डियन जाँज’ भनिन्छ !=[[हिमालखबर अनलाइन]]", अन्तिम पहुँच ११ जुलाई २०२३  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
  3. ३.० ३.१ Ethnic Nepali is "India's Jazz King" वेब्याक मेसिन अभिलेखिकरण ९ डिसेम्बर २०१० मिति ejazznews.com. Tuesday, 13 December 2005.

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्