डक प्लस एक रूसी इण्टरनेट चिकित्सा कम्पनी हो जसले दूरस्थ चिकित्सा क्षेत्रमा आफ्ना सेवाहरू प्रदान गर्ने गर्दछ। घरमानै चिकित्सकहरूलाई बोलाई उपचार गराउन मिल्ने सुविधा पनि यसले प्रदान गर्दछ र यसका साथसाथै यसले व्यक्तिगत चिकित्सकिय आँकडाको भण्डारण तथा प्रशोधन पनि गर्ने गर्दछ। यो सेप्टेम्बर २०१५ मा सुरू गरिएको हो। यसले मस्कोको मस्को क्षेत्र र सेण्ट पिटर्सबर्गमा सेवा सञ्चालन गर्दछ। कम्पनीको प्रधान कार्यालय रूसको राजधानी मस्कोमा अवस्थित छ।

डक प्लस
व्यवसाय प्रकार
निजी
उद्योगचिकित्सा
स्थापित२०१५; ९ वर्ष अघि (२०१५)
केन्द्रीय कार्यालय,
रूस
सेवा क्षेत्र
 रूस
मुख्य व्यक्ति
भिक्टर बेलोगब, दिमित्री खण्डोगिन र रुस्लान जायदुलिन
उत्पादनहरूसफ्टवेयर
कर्मचारी सङ्ख्या
३००+
वेबसाइटdocplus.ru

इतिहास सम्पादन गर्नुहोस्

डक+ सेवा भिक्टर बेलोगब, दिमित्री खण्डोगिन र रुस्लान जायदुलिनले संयुक्त रूपमा सेप्टेम्बर २०१५ मा शुरू गरेका थियो। निजी लगानीको प्रयोग गरेर कम्पनीले मस्को र मस्को क्षेत्रमा चिकित्सकहरूलाई बिरामीको घरमा पुगि सेवा दिने कार्यको थालनी गरेको थियो।

जुलाई २०१६ मा कम्पनीले यान्दिक्स र बेरिङ भोष्टोक कोषबाट[१] ५.५ मिलियन डलरको लगानी प्राप्त गरेको थियो, जसले सेवाहरूको सूची, बजारशास्त्र र अन्य क्षेत्रमा पहुँचको विस्तार गरेको थियो। नोभेम्बर २०१६ मा कम्पनी सेण्ट पिटर्सबर्गको बजारमा प्रवेश गरेको थियो।[२] सोही वर्षको डिसेम्बरमा सेवाले स्वास्थ्य क्षेत्रमा एक नवीन नमूनाको स्थापनाको लागि "वर्षको उत्कृष्ट स्थापित कम्पनी"को कोटिमा आरबीसी पुरस्कार प्राप्त गरेको थियो। [३]

२० अप्रिल २०१७ मा यान्दिक्स र डक प्लसले संयुक्त रूपमा "यान्दिक्स स्वास्थ" अनुप्रयोगमा उपलब्ध भुक्तान गरिएको अनलाइन मेडिकल परामर्श सेवाको सुरूवात गरेका थिए। याण्डेक्सले परियोजनाको प्राविधिक भागको लागि जिम्मेदार छ भने डक प्लस यसको डाटाबेसबाट चिकित्सकहरू प्रदान गर्दछ र तिनीहरूको काम अनुगमन गर्नका लागि जिम्मेदार छ।[४][५]

मे २०१७ को अन्त्यमा, डक प्लसले एक अनुप्रयोग सुरू गरेको थियो जसले तपाईलाई वार्ता, श्रव्य, वा श्रव्य दृश्य मार्फत चिकित्सकहरूसँग परामर्श गर्न मद्दत पुर्‍याउँछ, र आवश्यक परेको खण्डमा, चिकित्सक वा नर्सहरूलाई घरमानै बोलाई जाँच परीक्षण गर्न र परिणामहरू प्राप्त गर्न सकिन्छ। [६]

जुलाईको सुरुवातमा, कम्पनीले यान्दिक्स र बेरिङ भोष्टोक मार्फत यसको सूचना प्रविधि पूर्वाधार विकास गर्नका लागि अर्को लगानी प्राप्त गरेको थियो।[७] सो समयमा, कम्पनीले ६०,००० भन्दा बढी ठाउँमा गई सेवा प्रदान गरेको र कम्पनीसँग ३०० भन्दा बढी चिकित्सकहरू रहेको दावी गरेको थियो।[४][७]

व्यापार नमूना सम्पादन गर्नुहोस्

डक प्लसका चिकित्सकहरूले वार्ता, श्रव्य वा श्रव्य दृश्य मार्फत कम्पनीद्वारा विकसित गरिएको विशेष अनुप्रयोग प्रयोग गरेर सल्लाह प्रदान गर्दछन् [६] र यसका साथसाथै सामान्य चिकित्सक वा डक प्लसका बालरोग विशेषज्ञहरूले "यान्दिक्स स्वास्थ" मञ्चको प्रयोग गरी श्रव्य दृश्य मार्फत सल्लाह दिने गरेका छन्।[४]

अप्रिल २०१७ सम्ममा सेवाले २६ बीमा कम्पनीहरू (अल्फाष्ट्राखोभनी, अलियाञ्ज र इन्गोस्ट्र्याख) सँग सहायता प्राप्त गरेको थियो जसले उनीहरूको स्वास्थ्य बीमा कार्यक्रममा डक प्लसको सेवाहरूको पनि समावेश गर्दछ। यसका अतिरिक्त, डक प्लस धेरै क्लिनिकहरूको साथ काम गर्दछ, जसका लागि चिकित्सकहरू बिरामीहरूलाई घरमा भेट्न गई उपचार पनि गर्दछन्।[८][९] दूरस्थ चिकित्सा सेवाहरू प्रदान गर्नका लागि कानूनद्वारा पारित भएसँगै डक प्लसले दूरस्थ चिकित्सा बजारमा जानको लागि तत्पर रहेको बताएको थियो। विशेष गरी यसले सेवाका तल्लिन रहेका चिकित्सकहरूलाई सुझाव दिन र बिमारको रूपमा निदान गर्न अनुमति दिएको छ।[१]

कम्पनीले सन् २०१७ मा प्राप्त एक एकीकृत बिरामीको मेडिकल कार्डको विकास गर्नका लागि लगानीहरूको प्रयोग गर्ने योजनाको घोषणा गरेको थियो।[१][७]

लगानी सम्पादन गर्नुहोस्

सन् २०१५ मा सुरुवात गरिएको यस डक प्लस कम्पनीले निजी लगानीकर्ताहरूको समूहबाट ३ करोड ५० लाख रुबलको लगानीलाई आकर्षित गरेको थियो। [१]

जुलाई २०१६ मा, यान्दिक्स र बेरिङ भोष्टोकले डक प्लसमा पाँच करोड पचास लाख डलर लगानी गरेका थिए।[१]

जून १०१७ को सुरुमा, अघिल्ला लगानीकर्ताहरू - बेरिङ भोष्टोक र यान्दिक्सको सहभागितामा ५ करोड डलरको लगानीको नयाँ चरणको घोषणा गरिएको थियो। कम्पनीका प्रतिनिधिहरू र लगानीकर्ताहरूले उक्त लगानीको चरण पछि सेयर वितरणको खुलासा भने गरेका थिएनन्। तथापि, लगानीको चरणको ठीक अगाडि डक प्लसको सबैभन्दा ठूलो मालिक बिभी सर्विसेज लिमिटेड (३८%) थियो, जुन बेरिङ भोष्टोककको कोषसँग सम्बन्धित थियो। यान्दिक्सले डच कम्पनी यान्दिक्स एनभी मार्फत ६.५३% स्वामित्व कायम गरेको थियो भने बेलोगब र खण्डोगिसँग १७.५६ % शेयरको स्वामित्व कायम गरेका छन्।[७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ Elizaveta Arkhangelskaya, Alena Sukharevskaya (२०१६-०६-०६), "«Яндекс» и Baring Vostok вложили $5,5 млн в сервис вызова врача на дом" (रूसीमा), RBC। 
  2. Elena Bolshakova, Alina Tretyakova (२०१६-११-१४), "DOC+ вызвали в Петербург" (रूसीमा), Kommersant। 
  3. "Премия РБК 2016: Doc+" (रूसीमा), RBC, २०१७-१२-०७।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-३० मिति
  4. ४.० ४.१ ४.२ Svetlana Yastrebova (२०१७-०४-२०), "«Яндекс» запустил сервис платных медицинских консультаций" (रूसीमा), Vedomosti। 
  5. Albert Habibrahimov (२०१७-०४-२०), "«Яндекс» запустил тестирование онлайн-консультаций с врачами через сервис «Яндекс.Здоровье»" (रूसीमा), VC.ru।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-१७ मिति
  6. ६.० ६.१ Andrei Frolov (२०१७-०५-२६), "Партнёр «Яндекс.Здоровья» Doc+ запустил свой сервис консультаций с возможностью вызова врачей на дом" (रूसीमा), VC.ru।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-१५ मिति
  7. ७.० ७.१ ७.२ ७.३ Irina Skrynnik (२०१७-०६-०६), "Сервис по вызову врачей на дом Doc+ получил еще $5 млн от «Яндекса» и Baring Vostok" (रूसीमा), Vedomosti। 
  8. "Ведомости Конференции: Руслан Зайдуллин" (रूसीमा), Vedomosti, २०१७-०४-०४। 
  9. Maria Sidorova (२०१७-०५-१६), "Allianz: Вызов врача на дом вмместо очного приема оказался эффективным" (रूसीमा), Vademecum।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्