ट्राइबल रेन

सिक्किमको एक नेपाली साङ्गीतिक समूह (२०१३–वर्तमान)

ट्राइबल रेन सिक्किमको एक नेपाली प्रयोगात्मक साङ्गीतिक समूह हो।[][] यो समूहले सन् २०१७ मा आफ्नो पहिलो एल्बम 'रोक यो समय' लोकार्पण गरेका थिए। 'भनाइ', 'चिन्ता' र 'नरिसाउन' यस समूहका केही चर्चित गीतहरू हुन्।[]

ट्राइबल रेन
उत्पत्तिनाम्ची, सिक्किम, भारत
विधानेपाली प्रयोगात्मक
सक्रिय वर्ष२०१३–वर्तमान
सदस्यहरू
  • केन्नेथ अधिकारी
  • प्रवेस लामा
  • सुशान्त घतानी
पूर्व सदस्य(हरू)
राहुल राई

सन् २०१३ मा राहुल राई, केन्नेथ अधिकारी, प्रवेस लामा र सुशान्त घतानीले यो समूह गठन गरेका थिए। राई मुख्य गायक र गितारवादक थिए। लामा, घतानी र अधिकारीले क्रमशः गितार, क्याजोन र किबोर्ड बजाउँथे।

उनीहरूले सुरुमा एउटा एकल गीत 'चिन्ता' जारी गरे र त्यसपछि दुई अन्य एकल गीत 'भनाइ' र 'नरिसाउन' लोकार्पण गरेका थिए। त्यसपछि उनीहरूले ११ गीतहरू समावेश गरी सन् २०१७ मा 'रोक यो समय' नामक एल्बम लोकार्पण गरेका थिए।[]

राहुल राईको निधन

सम्पादन गर्नुहोस्

'भनाइ'को साङ्गीतिक भिडियो सन् २०१३ फेब्रुअरी १३ मा प्रदर्शन गरिएको थियो। त्यसको एक दिनपछि सन् २०१८ फेब्रुअरी १४ मा मुख्य गायक राहुल राई आत्महत्या गरेको अवस्थामा मृत फेला परेका थिए।[][][] सन् २०२२ अप्रिल १४ मा, राहुल राईको जीवनमा आधारित वृत्तचित्र जारी भएको थियो।[]

  1. Republica, "Tribal Rain’s ‘Sahara’ in memory of late Rahul Rai", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४ [स्थायी मृत कडी]
  2. "Remembering Rahul Rai: Tribal Rain Lead Singer", NEPWAVE (en-USमा), २०२२-०२-१३, अन्तिम पहुँच २०२२-०८-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०४ मिति
  3. "In conversation with Sikkim’s freestyle acoustic band – Tribal Rain" (en-USमा), अन्तिम पहुँच २०२२-०८-०४ 
  4. "Sikkim’s popular band ‘Tribal Rain’ to release their first album today", thenortheasttoday.com (en-INमा), २०१६-०९-१६, अन्तिम पहुँच २०२२-०८-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०५-०७ मिति
  5. "The Lost Star: A tribute to Rahul Rai of Tribal Rain.", Wandering Souls Of Sikkim (en-USमा), २०१८-०३-०९, अन्तिम पहुँच २०२२-०८-०४ 
  6. Desk, TheDC News (२०१८-०२-१५), "Tribute to Rahul Rai - It Shall Rain No More", The Darjeeling Chronicle (en-GBमा), अन्तिम पहुँच २०२२-०८-०४ 
  7. Tamang, Yougan (२०१८-०३-२५), "Namchi pays tribute to Tribal Rain frontman, the Late Rahul Rai", summittimes (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०४ मिति
  8. "The idiosyncrasies of a gem: Documentary film on the life of Rahul Rai set to premiere - Sikkim Breaking News | Trending News" (en-USमा), २०२२-०४-१४, अन्तिम पहुँच २०२२-०८-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०४ मिति