टोटल एक्सेस कम्युनिकेसन पब्लिक कम्पनी लिमिटेड
पूर्ण पहुँच सञ्चार सार्वजनिक कम्पनी लिमिटेड सामान्यतया डिटिएसी थाइल्याण्डमा उन्नत जानकारी सेवा कम्पनी वा एआइएस र ट्रु पछिको तेस्रो-सबैभन्दा ठूलो जीएसएम मोबाइल फोन प्रदायक हो । डीटीएसीले टेलिनरको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वामित्व लिएको छ, र दुवै कम्पनीले एउटै लोगोको प्रयोग गर्दछन् । ३१ डिसेम्बर २०११ का अनुसार, डीटीएसीका २३.२ मिलियन प्रयोगकर्ताहरू रहेका छन् भने कुल बजार साझेदारीको ३०% भाग आेगट्न सफल रहेको छ । [१] यसले रोमिङ सम्झौताको लागि १४७ वटा राष्ट्रहरू सँग सहकार्य गरेको छ ।
व्यवसाय प्रकार | सार्वजनिक कम्पनी |
---|---|
व्यावसायिक रूप | ढाँचा:SET ढाँचा:Sgx |
उद्योग | दूरसञ्चार |
स्थापित | ३१ अगस्ट १९८९ |
केन्द्रीय कार्यालय | बैङ्कक, थाइल्यान्ड |
मुख्य व्यक्ति | अलेक्जेन्ड्रा रिचा (कार्यकारी अधिकृत) |
उत्पादनहरू | मोबाईल, इन्टरनेट |
आम्दानी | ८७,७५३ मिलियन (२०१५) |
५,८९३ मिलियन (२०१५) | |
कुल सम्पत्ति | ११०,९६५ मिलियन (२०१५) |
मूल सङ्गठन | टेलिनर |
वेबसाइट | www |
सन् २०१५ मा डिटीएसीको १,१०,९६५ मिलियन कुल सम्पत्ति रहेको छ भने ८७,७५३ मिलियन राजस्व सङ्कलन गरेको छ र यसले ५,८९३ मिलियन मुनाफा कमाएको छ । यसको मुख्य कार्यलय थाइल्यान्डको बैङ्ककमा रहेको छ ।
११ अप्रिल २०१२ का अनुसार, डिटीएसीको मालिक कम्पनी बीसीटीएन होल्डिङ्स वनेको थियो ।[२]
एसियाली मोबाइलन्यूज म्यागजिन द्वारा आयोजित कार्यक्रममा, डिटीएसीलाई लगातार तीन वर्षसम्म (२००५-२००७) थाईल्याण्डको सर्वश्रेष्ठ मोबाइल सञ्चालकको पुरस्कार दिइएको थियोे । यो निजी लिमिटेड कम्पनीको रूपमा स्थापित भएको थियोे ।
सेवा र सेवा क्षेत्र
सम्पादन गर्नुहोस्यसको मुख्य प्रतिद्वन्द्वी, जानकारी सेवा कम्पनीको तुलनामा पूर्ण पहुँच सञ्चार सार्वजनिक कम्पनी लिमिटेडले देशभरीको सबै ठाउँमा आफ्नो सेवा विस्तार गरेको दावी गरेको छ । सन् २०१६ सम्ममा यसका १३,००० भन्दा अधिक आधार स्टेशनहरु रहेका छन् भने ८५० मेगाहर्ज, १८०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्यान्डमा यो स्थापित भएको थियोे ।
हाल यसले ३ जी को वाणिज्यिक सेवालाई सुलभ दरमा उपलब्ध गराएको छ ।[३][४] ३ जी + सेवा पनि यसको सेवा योग्य मोबाईल फोनहरूमा उपलब्ध रहेको छ र ब्यापक रूपमा प्रयोग हुँदै आइरहेको छ । २०१४ का अनुसार २१०० मेगाहर्ज ब्याण्डमा यसको ४ जी एलटिइ सेवा सुरूवात गरिएको थियोे र त्यसपछि १८०० र २१०० मेगाहर्ज ब्याण्डमा अधारित उन्नत ४ जी एलटिइ सेवा सुरु गरिएको थियोे । डिटिएसीले ४ जी एलटिइ सेवालाई ३ गुणाले वृद्धि गरेको दावी गरेको छ ।
नियन्त्रित कम्पनीहरू
सम्पादन गर्नुहोस्डिटिएसी ट्राइ नेट र डिटिएसी फोन यसका सहायक हुन् ।
प्रतिस्पर्धा
सम्पादन गर्नुहोस्पूर्ण पहुँच सञ्चार सार्वजनिक कम्पनी लिमिटेड थाइल्यान्डको तेस्रो सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक हो । यसका मुख्य प्रतिस्पर्धीहरू: उन्नत जानकारी सेवा कम्पनी, क्याट टेलिकम, थाइल्यान्ड टेलिकम कम्पनी, ट्रु कर्पोरेसन , ट्रु मुभ एच लगायतका दूरसञ्चार कम्पनी हुन् ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ वार्सिक प्रतिवेदन २०१५ वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०३ मिति
- ↑ "ดีแทคปรับโครงสร้างผู้ถือหุ้นใหญ่ เบญจรงคกุลถือหุ้นเพิ่มเพื่อลดความเป็นบริษัทต่างชาติ", ब्लगनन डटकम।
- ↑ "नेटवर्कको बिस्तार क्षेत्र", आधिकारिक वेबसाइट।
- ↑ "डिटिएसीको ३ जी/ ४ जी को पहुँच क्षेत्र", आधिकारिक वेबसाइट, अन्तिम पहुँच १४ मार्च २०१६।