टेलि २ रूस

रूसी दूरसञ्चार कम्पनी

टेलि २ रूस (रूसी: Tele2 Россия) एक रूसी दूरसञ्चार कम्पनी हो । यो सन् २००१ मा स्वीडिस समूह टेलि २ द्वारा स्थापित गरिएको थियोे । यसले ४० लाख भन्दा अधिक प्रयोगकर्ताहरूका लागि मोबाइल टेलिफोन र अन्य सेवाहरू प्रदान गर्दछ । कम्पनीको मुख्यालय रूसको राजधानी मस्कोमा रहेको छ भने यसका प्रमुख कार्यकारी अधिकृत सर्जी एड्मिन हुन् । कम्पनी सन् २००१ मा सिमित दायित्व कम्पनीको रूपमा स्थापित भएको थियोे र भिटिबि र रोस दूरसञ्चारको सहायक कम्पनीको रूपमा सेवा प्रदान गर्दै आइरहेको छ । हालैको एक तथ्याङ्क अनुसार कम्पनीमा ८,००० जना कामदारहरू रहेका छन् । यसले देशको सबै ठाउँमा दूरसञ्चार सेवा पुर्‍याएको छ ।[१]

टेलि २ रूस
व्यवसाय प्रकार
सिमित दायित्व कम्पनी[१]
उद्योगमोबाईल दूरसञ्चार
स्थापित२००१
स्थापनाकर्ताटेलि २ एबि
केन्द्रीय कार्यालयमस्को, रूस
मुख्य व्यक्ति
सर्जी एड्मिन (कार्यकारी अधिकृत)
युरिटि सेलोभएभ (निर्देशन बिभागका अध्यक्ष)
उत्पादनहरूमोबाइल सञ्जाल
राजश्ववृद्धि ६५,३ बिलियन (२०१३)[२]
वृद्धि २४,२ बिलियन (२०१३)
मालिकभिटिबि, रोस दूरसञ्चार
कर्मचारी सङ्ख्या
८०००+[३]
वेबसाइटru.tele2.ru

इतिहास सम्पादन गर्नुहोस्

 
टेलि २ को मुख्यालय मस्कोमा

सञ्चालनको पहिलो २ वर्षमा (सन् २००३-२००४ सम्म) कम्पनीले रूसमा १२ प्रदेशहरूमा सेवाको सुरूवात गरेको थियोे । २७ मार्च २०१३ मा स्विडिस समूह टेलि २ ले आफ्नो रूसी सहायक कम्पनी टेलि २ रूसलाई भिटिबि समूहमा बेच्ने निर्णयको धोषणा गरेको थियोे । अप्रिल ४ मा यस सम्झौता सम्पन्न भएको थियो । २४ जुन २०१३ मा कम्पनीले मोबाइल सञ्चालक भोरोनेज कोडो टेललाई अधिग्रहण गरेको थियोे ।

कम्पनीले लगभग ५,००० ३ जी आधार स्टेसन र २००० एलटिई स्टेसनको स्थापना पछि, अक्टोबर २०१५ मा यसले मस्को र मस्को ओब्लास्टमा आफ्नो सेवा सुरु गरेको थियोे । १३ अगस्ट २००७ मा टेलि २ रूसले १० वर्षको लागि "भिम्पेलकम" राष्ट्रिय रोमिङ सम्झौतामा हस्ताक्षर गरेको थियोे ।

स्वामित्व र निर्देशन विभाग सम्पादन गर्नुहोस्

टि २ आरकेटि सम्पादन गर्नुहोस्

१३ अप्रिल २०१७ को अनुसार यस कम्पनीमा, टेलि २ ले ५५% र रोस दूरसञ्चारले ४५% स्वामित्व लिएको छ ।

टेलि २ रूस सम्पादन गर्नुहोस्

१३ अप्रिल २०१७ को अनुसार, भिटिबि बैङ्कको ५०% स्वामित्व रहेको छ जो रूसी अरब पति एलेक्सि मोर्दासोभोको ४०% स्वामित्वमा रहेको छ भने बैङ्क रोसीयाको १०% स्वामित्वमा रहेको छ ।

रोस दूरसञ्चारसँग संयुक्त उद्यम सम्पादन गर्नुहोस्

पहिला यसले रोस दूरसञ्चारको स्वामित्वमा सेलुलर कम्पनीहरू सञ्चालन गर्यो र पछि संयुक्त उद्यम सिर्जना गर्ने सम्झौतामा टेल २ मा पठाइएको थियोे । सन् २०१४ को प्रतिवेदनका अनुसार टेली २ सङ्घीय सञ्चालकहरू मध्ये सबै भन्दा सानो दूरसञ्चार सेवा सञ्चालक रहेको थियो । हाल यसका ४० मिलियन भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् । कम्पनी सन् २००१ मा सिमित दायित्व कम्पनीको रूपमा स्थापित भएको थियोे ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्