टेलिफोन स्वामित्व शुल्क

टेलिकम स्वामित्व शुल्क (अङ्ग्रेजी: Telecom Ownership Charge) टेलिकम सेवाको स्वामित्व ग्रहण गरे वापत नेपालमा लाग्ने शुल्क हो । मासिक बिल आउने तथा तार सहितको सेवा जडान गर्दाको वखत लगाइने शुल्क हो भने प्रिपेड सेवाहरूमा यो रकम प्रत्येक सिम कार्ड वा रिचार्ज कार्डको खरिदमा लगाउने गरिन्छ ।

यो शुल्क टेलिफोनको स्वामित्व प्राप्त गर्ने व्यक्तिलाई लगाईन्छ भने कुनै व्यक्ति वा अर्को व्यक्तिमा स्वामित्व हस्तान्तरण भएको अवस्थामा पनि यो शुल्क लगाउने गरिन्छ ।

आर्थिक ऐनको व्यवस्था सम्पादन गर्नुहोस्

  • टेलिकम जडान गर्ने ग्राहकबाट टेलिकम स्वामित्व शुल्क वापत रू. १००० असुल उपर गरिनेछ ।
  • टेलिफोनको स्वामित्व परिवर्तन भएको अवस्थामा टेलिफोनको स्वामित्व प्राप्त गर्ने व्यक्तिबाट समेत यो शुल्क असुल उपर गरिनेछ ।
  • अग्रिम भुक्तानी हुने मोबाइल टेलिफोनको हकमा प्रत्येक सिमकार्ड र रिचार्ज कार्डको मूल्यमा दुई प्रतिशतका दरले टेलिफोान स्वामित्व शुल्क लाग्नेछ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्