टेकेन्द्र प्रसाद भट्ट

टेकेन्द्र प्रसाद भट्ट एक नेपाली राजनीतिज्ञ तथा पूर्व संविधानसभा सदस्य हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सदस्य हुन्। उनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट पहिलो संविधानसभा निर्वाचनमा कञ्चनपुर-३ बाट प्रतिनिधित्व गर्दै १५,०७६ मतले विजयी भएका थिए।[१][२][३]

टेकेन्द्र प्रसाद भट्ट
संविधानसभा सदस्य
कार्यकाल
सन् २००८ – सन् २०१२
निर्वाचन क्षेत्रकञ्चनपुर-३
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

राजनीतिक जीवन सम्पादन गर्नुहोस्

वि.सं. २०५१ देखि एमाले अखिलबाट राजनीतिक यात्रा सुरुवात गरेका भट्टले माओवादीमा प्रवेश गरेका थिए। उनी वि.सं. २०५७ मा माओवादीको जिल्ला समिति सदस्य, वि.सं. २०५९ मा सचिव र वि.सं. २०६० मा डढेलधुरा जिल्ला इन्चार्ज बनेका थिए।[स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट", रौतहट अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२३ मिति
  2. "खानेपानी मन्त्रीद्धारा बेलडाँडी गाउँपालिका प्रशासनिक नवनिर्मित भवनको उद्घाटन", महेन्द्रनगर पोष्ट (नेपालीमा), २०२०-१२-१०, अन्तिम पहुँच २०२१-१०-२३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२३ मिति
  3. कार्की, दिलिप प्रकाश, "कञ्चनपुरमा कसले मार्ला बाजी ? यस्तो छ चुनावी अंकगणित", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३