टिरिसा टेय्ङ (२९ जनवरी १९५३ – ८ मे १९९५) चिनियाँ गायिका थिइन् । उनी लोक गीत र रोमान्टिक गीतहरू (जस्तै: वेन विल यु रिटर्न, द मुन रिप्रिजेन्टस् माइ हर्ट) का गायिकाका रूपमा प्रख्यात छिन् ।[१] उनले चिनियाँ भाषामा मात्र नभई जापानी, अङ्ग्रेजी, कान्टोनिज, इन्डोनेसियाली भाषामा समेत गाएकी छिन् ।[२][३][४]

टिरिसा टेय्ङ
Chinese name (traditional)
Chinese name (simplified)
PinyinDèng Lìjūn (Mandarin)
Pe̍h-ōe-jīTēng Lē-kun (Hokkien)
Birth nameतङ लि युन (鄧麗筠)
AncestryDaming County, हेबेइ
Born(१९५३-०१-२९)२९ जनवरी १९५३
बाओजोङ, युन्लिन, चीन
Died८ मे १९९५(1995-05-08) (उमेर ४२)
Chiang Mai, Chiang Mai, थाइल्यान्ड
Resting placeजिइन पाउ सान (Jinbaoshan), ताइवान
२५°१५′०४″N १२१°३६′१४″E / २५.२५१°N १२१.६०४°E / 25.251; 121.604
Other name(s)Teresa Tang
Teresa Deng
Teng Li-chun
Deng Lijun
Occupationगायिका
Genre(s)पप
Instrument(s)स्वर
Voice type(s)Mezzo-soprano
Label(s)ताइवान:
Yeu Jow (१९६७–७१)
Haishan (१९७१)
Life (१९७२–७६)
Kolin (१९७७–८३)
PolyGram (१९८४–९२)
हङकङ
EMI (१९७१)
Life (१९७१–७६)
PolyGram (१९७५–९२)
जापान
Polydor K.K. (१९७४–८१)
Taurus (1983–95)
Years active१९६७ – १९९५
Awards

टय्ङ लामो समय देखि आस्थ्माको रोगी थिइन् । उनको मृत्यु थाइल्यान्डमा सन् १९९५ मा ४२ वर्षमा भएको थियो ।

जन्म सम्पादन गर्नुहोस्

टिरिसा टे्य्ङको जनम् टियानयाङ गाऊँ (田洋村), बाओजोङ, युनलिन, ताइवान प्रदेश, चीनमा २९ जनवरी १९५३ मा भएको थियो । उनका बाबू सैनिक थिए, उनका ३ दाजु र एक भाइ थिए । उनको अध्य्यन गिनलिङ छात्र विद्यालय (私立金陵女中), साङचोङ, ताइपेइ मा भयो ।

सानै छदाँ उनले गायनबाट पुरस्कारहरू जित्ने गर्थिन् । सन् १९६४ मा उनले चर्चा योग्य पुरस्कार जितिन् । छिटै, उनी आफ्नो गायनबाट परिवारलाई समेत आर्थिक सहयोग गर्न सक्षम बनिन् । आफ्ना बाबुको सहमतिमा उनले गायनका लागि हाइ स्कुल अध्ययन छाडिन् ।

गायन यात्रा सम्पादन गर्नुहोस्

टेय्ङले आफ्नो चर्चा सन् १९६८ मा ताइवानी गायन कार्यक्रमबाट बटुलिन् । यस पश्चात् लाइफ रेकर्डस् लेबलमा उनको थुप्रै एल्बमहरू निक्लिए । सन् १९७३ मा उनले Kōhaku Uta Gassen, एक वार्षिक जापानी संगित प्रतियोगिताबाट जापानी सांगीतिक बजारमा प्रवेश गर्ने प्रयास गरिन् । उनलाई Best New Singing Star को उपाधि दिइयो । यस सफलता पश्चात् उनले थुप्रै जापानी गीतहरू रेकर्ड गरिन् ।

सन् १९७० को दशकमा जापनको सफलता पश्चात् उनले थप चर्चा बटुलिन् । चिनियाँ, कान्टोनिज, जापनी, अङ्ग्रेजी भाषामा गायन पछि टेय्ङको चर्चा मलेसिया र इन्डोनेसियासम्म पुग्यो । सेनाहरूका अगाडि गायन प्रस्तुतिले ताइवानमा उनलाई "सेनाकी प्यारी" भनेर पनि चिनिन्थ्यो । सन् १९८०को दशक तिर चिन र ताइवानको मतभेदले गर्दा उनका गीतहरू हङकङ र चिनमा उपल्ला वर्गको गीत भनेर पनि रोक लगाइयो । तर, कालो बजारीबाट उनका गीतहरू किनबेज भएर पनि उनको चर्चा भने कायमै रह्यो ।

फ्रान्स लगायत अन्य मुलुकमा समेत उनले आफ्नो प्रस्तुतिहरू दिए पनि चिनमा भने उनले कुनै विशेष प्रस्तुति दिइनन् ।

मृत्यु सम्पादन गर्नुहोस्

 
हङकङमा रहेको टे्य्ङको घर

टेय्ङको मृत्यु ८ मे १९९५ मा आस्थ्माको कारणले भए पनि डाक्टरहरू र टे्य्ङको श्रीमान् किलरी, टे्य्ङको मृत्यु औषधिको बढी मात्राले असर गरेको बताउँछन् । मृत्यु हुँदा टे्य्ङ छुट्टी मनाउन थाइल्यान्डमा थिइन् ।[५] उक्त समय किलरी घरको सरसामान किन्दै थिए ।[५] टेय्ङ आफ्नो वयस्क जीवनभर नै आस्थ्माको रोगी थिए । उनको मृत्युको शोक सभामा राष्ट्रपति लि टेङ हुइको पनि उपस्थिति थियो ।

टेय्ङको शवले चिन पाओ सान, (जीनसान जिल्ला, न्यु ताइपेइ सिटि) मा विश्राम पाएको छ । उक्त स्थानमा टे्य्ङको शालीक र ठूलो पियानो रहेको छ, जुन भ्रमणकर्ताहरूले आएर बजाउन सक्छन् ।[६]

टेय्ङले सन् १९८६ मा हङकङको कारमेल स्ट्रिटमा किनेको घर पनि उनको श्रोताहरूको लागि प्रिय स्थान बनेको छ । सन् २००२ मा उक्त घर बेचेर साङघाइमा सङ्ग्राहलय बनाउने कुरा थाहा भएको थियो[७]HK$ ३२ मिलियनमा बिक्री भएको थियो । टेय्ङको ५१ औँ जन्मजयन्ती (जनवरी २९, २००४) मा बन्द भएको थियो ।[८]

उनको मृत्युको १० वर्ष पछि टिरिसा टेय्ङ कल्चर एन्ड एजुकेसन फाउन्डेसनले फिल टिरिसा टेय्ङ कार्यक्रम सुरु गरेको थियो । वार्षिक रूपमा हङकङ र ताइवानमा गायन कार्यक्रम गराइनुका साथै, उनका श्रोताहरूले उनी प्रति श्रद्धा भावले हेर्न गर्दछन् । उनको व्यक्तिगत सामान युजी प्यराडाइज, गुइलिन, चीनमा प्रदर्शनीमा राखिएको छ ।[९]

सन् २०१५ अप्रिलमा उनको नाउँमा हुलाक टिकट पनि निकालिएको छ ।[१०]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

सन् १९९८ मा पल किलरिद्वारा टेय्ङ आफुसँग सम्बन्ध लमा रहेको र छिटै विवाहमा बाँधिने कुरा सार्वजनिक गरेका थिए ।[५]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Wudunn, Sheryl. "Teresa Teng, Singer, 40, Dies; Famed in Asia for Love Songs." The New York Times. May 10, 1995.
  2. 鄧麗君 Teresa Teng 望春風 Spring Fever (台語 Taiwanese) युट्युबमा हेर्नुहोस्[dead link]
  3. Teresa Tang - Forget Him (Cantonese) युट्युबमा हेर्नुहोस्[dead link]
  4. Teresa Tang - You and Me (Japanese & Mandarin) युट्युबमा हेर्नुहोस्[dead link]
  5. ५.० ५.१ ५.२ Teresa Teng those years before she passing away 鄧麗君 邓丽君 最後的秘密生活2 युट्युबमा हेर्नुहोस्
  6. Teresa Teng's grave. North Coast & Guanyinshang official website. Retrieved 2 Jan 2007. वेब्याक मेसिन अभिलेखिकरण अगस्ट ३०, २००५ मिति
  7. Taiwanese diva's home 'for sale'. BBC news, 29 July 2002. Retrieved 2 Jan 2007.
  8. "A Retrospective Look at 2004", मूलबाट २००८-०२-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०२-२७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता). HKVP Radio, Dec 2004. Retrieved 2 Jan 2007.
  9. "Teresa Teng in loving memory forever", China Daily, २००५-०५-०८, अन्तिम पहुँच २००७-०३-२३ 
  10. Huang, Lee-hsiang (१६ अप्रिल २०१५), "Teresa Teng featured in new stamp set", Taipei Times, अन्तिम पहुँच १६ अप्रिल २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्