टेलिभिजन विज्ञापन

(टिभी विज्ञापनबाट अनुप्रेषित)

टिभी विज्ञापन वा टिभी एडभटिजमेन्ट, जसलाई प्रायः व्यावसायिक विज्ञापन वा विज्ञापन भनिन्छ । यो सन्देश सञ्चार गर्ने संस्था द्वारा निश्चित शुल्क लिएर तैयार गरेको टिभी कार्यक्रमको विविध प्रकार हो। विज्ञापनबाट प्राप्त हुने आयले निजी स्वामित्वमा रहेका टिभी नेटवर्कहरूको लागि राम्रो मुनाफा सृजना हुने गर्दछ। धेरै जसो टिभी विज्ञापनहरू केहि सेकेन्ड देखि केहि मिनेटसम्म हुन सक्दछ । जब देखि टिभीको शुरुवात भयो तब देखि नै त्यस्ता विज्ञापनहरू विभिन्न उत्पादनहरू, सेवाहरू र विचारहरूको प्रबर्धन(प्रचार-प्रसार) गर्न प्रयोग गरिदै आएको छ ।

विज्ञापनले जनतामा निकै सफलता पुर्वक व्यापक प्रभाव पारेको सर्वविदित छ।

संयुक्त राज्य अमेरिका सहित धेरै देशहरूमा, टीभी विज्ञापन राजनीतिक अभियानका लागि अपरिहार्य मानिन्छ। तर फ्रान्स [१]नर्वे जस्ता केही देशहरूमा टिभीमा राजनैतिक विज्ञापनमा प्रतिबन्ध लगाइएको छ।

१९२८ मा टेलिभिजन प्रयोगात्मक चरणमा थियो,तर त्यो समय पनि टिभि को उज्वल भविष्यको सबैमा हेक्का थियो र सामानहरू प्रबर्धन गरिने गरिन्थ्यो।

ईतिहास सम्पादन गर्नुहोस्

संयुक्त राज्यमा सन १९४१ १ जुलाईमा पहिलो टिभि बिज्ञापन प्रसारण गरिएको हो। वाचमेकर बुलोभाले ब्रूक्लिन डजर्स र फिलाडेल्फिया फिलिजहरू बीचको बेसबल खेल अघि न्यू योर्कको स्टेशन डब्ल्यूएनबीटीमा एक विज्ञापन प्रस्तुत गर्न ९ डलर तिरेको थियो। "बुलोभा समयमा अमेरिका चल्छ" [२] भन्ने आवाज सहितको १० सेकेन्डको बिज्ञापन मा अमेरिकाको नक्सामा राखिएको भित्ते घडीको तस्बिर देखाइएको थियो, [३] बेलायतमा पहिलो टिभी बिज्ञापन आईटीभीमा २१ सेप्टेम्बर १९५५ मा प्रसारण गरिएको थियो । जुन गिब्स एसआर टूथपेस्ट बिज्ञापन थियो। १९९० को दशकको प्रारम्भसम्ममा टिभीमा विज्ञापन, ठूलो लगानी गर्न सक्ने कम्पनीहरूले मात्र गर्न सक्थे, तर डेस्कटप भिडियोको आगमनले धेरै साना र स्थानीय व्यवसायहरूलाई स्थानीय केबल टिभी सेवाहरूमा टिभी विज्ञापन प्रसारण गर्ने अवसर प्रदान गर्‍यो।

  1. फ्रिट्ज प्लासर, वैश्विक राजनीतिक प्रचार, पी226
  2. "संग्रहीत प्रति", मूलबाट २० नवंबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अप्रैल २०११  वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-२० मिति
  3. "A U. S. Television Chronology, 1875–1970", Jeff560.tripod.com, मूलबाट १३ जून २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०८-१९