झोला (चलचित्र)

नेपाली चलचित्र

झोला (अङ्ग्रेजी: Jhola) लेखक कृष्ण धरावासीको उही नामको उपन्यासमा आधारित नेपाली चलचित्र हो । यस चलचित्रमा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने, नेपालमा प्रचलित सती प्रथाको चित्रण गरिएको छ । आफ्नो भूमिकाको लागि अभिनेत्री गरिमा पन्तले सन् २०१४ मा सार्क चलचित्र उत्सवमा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन् ।[२][३][४] यस चलचित्रलाई ८७ औँ एकेडेमी पुरस्कारको लागि पठाइएको थियो तर दुर्भाग्यवश मनोनायित भएन ।[५]

झोला
झोला चलचित्रको पोस्टर ।
झोला
निर्देशकयादव कुमार भट्टराई
लेखककृष्ण धरावासी
आधारितझोला
निर्माता
  • मालती शाह
  • रामगोपाल थापा
  • राज तिमिल्सिना
  • सुशिल शाह
मुख्य कलाकार
छायाङ्कनदीपक बज्राचार्य[१]
प्रदर्शन मिति
डिसेम्बर ७, २०१३
अवधि
९० मिनेट
देशनेपाल
भाषानेपाली

सती प्रथा सम्पादन गर्नुहोस्

सती प्रथा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो । हिन्दु शास्त्र अनुसार सती प्रथामा भाग लिने नलिने महिलामा भर पर्थ्यो । पछि यस प्रथाको दुरुपयोग गरी विधवा महिलाहरूलाई उनीहरूको इच्छा विपरीत मृतक पतिको चितामा जिउँदै जलाउन थालियो । इतिहासमा कयौँ शाही र साधारण महिलाहरूलाई जिउँदै जलाइयो । वि.सं. १९७७ साल असार २५ गते चन्द्र शमशेर जङ्गबहादुर राणाले आधिकारिक रूपमा यस कुप्रथाको अन्त्य गरे ।

सारांश सम्पादन गर्नुहोस्

कान्छी (गरिमा पन्त) को बिहे उनीभन्दा ४० वर्ष जेठो पुरुषसँग भएको थियो । वर्तमानमा कान्छीको पतिको बुढ्यौलीको कारण स्वास्थ्य बिग्रँदै जान्छ र उनको अन्ततः मृत्यु हुन्छ । अब सामाजिक मूल्यमान्यता अनुसार कान्छी सती गई आफ्नो मृतक पतिको चितामा गई जिउँदै जल्नुपर्ने हुन्छ तर उनी जसोतसो गरी बाँच्छिन् र नजिकैको वनको गुफामा बास बस्न थाल्छिन् । आफ्नी आमाको अनुपस्थितिमा एक्लो भएको घनश्याम वनमा भौतारिँदै गर्दा उनले आफ्नी आमालाई गुफामा लुकिरहेको देख्छन् । कान्छी र उनको छोराको भेट भए तापनि उनीहरू सँगै बस्न सक्दैनन्, किनभने समाजले सती प्रथा बाँचेका महिलाहरूलाई जसरी भए पनि मार्छन् । घनश्यामले आफ्नी आमासँग नयाँ जीवन सुरु गर्न आफ्नो गाउँ छोडी अरू ठाउँमा बस्ने निर्णय गर्छ । आफ्नी आमालाई त्यही गुफामा पर्खिन लाउँदै घनश्याम आफ्नो सामान लिन गाउँ फर्किन्छन् । केही क्षणपछि कान्छीको देवर र देउरानी पनि सहयोग गर्न आइपुग्छन् । कान्छी र घनश्यामले गाउँ छोड्न लाग्दा सती प्रथामा अर्की महिलाको देहान्त भएको साक्षी गर्छन् ।

कलाकार सम्पादन गर्नुहोस्

  • गरिमा पन्त कान्छीको रूपमा ।
  • सुजल नेपाल कान्छीको छोरा घनश्यामको रूपमा ।
  • दीपक क्षेत्री कान्छीको मृतक पतिको रूपमा ।
  • देशभक्त खनाल कान्छीको देवरको रूपमा ।
  • लक्ष्मी गिरी कान्छीकी देउरानीको रूपमा ।
  • कृष्ण धरावासी आफ्नै रूपमा । (विशेष उपस्थिति)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "दीपक बज्राचार्य", इन्टरनेट चलचित्र डाटाबेस 
  2. सुनैना राणा, "झोला", नेपाली टाइम्स, अन्तिम पहुँच फेब्रुअरी २८, २०१४ 
  3. "झोला" – www.imdb.comद्वारा। 
  4. "नेपालमा अन्तर्राष्ट्रिय चलचित्र उत्सव", ekantipur.com, जनवरी २०, २०१४, अन्तिम पहुँच फेब्रुअरी २८, २०१४  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २५, २०१४ मिति
  5. "एकेडेमी पुरस्कारको लागि ‘झोला’", भेराइटी, अन्तिम पहुँच नोभेम्बर ९, २०१५ 

बाह्य कडी सम्पादन गर्नुहोस्