झाटे पिङ एक नेपाली परम्परागत रूपमा बनाइने पिङ हो । यो पिङ प्राय केही नेपाली भेगका गाउँहरूमा दशै, तिहारको अवसरमा निर्माण गरिने गर्दछ । यस पिङको निर्माण गर्न अन्य दशै, तिहारमा नेपाली समुदायहरूमा निर्माण गरिने लट्ठे पिङ, पिर्के पिङ जस्ता पिङहरू भन्दा सहज हुने गर्दछ । तर निर्माण कार्य सहज भए पनि यो पिङ पछिल्ला केही दशक वा वर्षहरूमा नेपाली समेदायमा निर्माण गर्न विस्तारै कम हुँदै गएको छ ।

यो पिङ धेरै तिव्र गतिमा घुम्ने हुदा पिङ खेल्ने मानिसहरूलाई धेरै रिङ्गता सम्त लाग्ने गर्छ छ ।

यो पिङको आकार औषत रूपमा झाटो आकारको हुने गर्दछ, त्यसैले पनि यस पिङलाई परम्परागत रूपमै झाटे पिङ भनिएको हो । बिचमा एउटा मजबुत काठको खम्बा गडेर, खम्बाको टुप्पोमा अर्को लामो काठको प्रयोग गरी यो पिङको निर्माण गरिएको हुन्छ । यो पिङ घडीको दिशामा घुम्ने गर्दछ । सामान्यतः यस पिङमा एक पटक मात्र दुई जना मानिसहरू बसेर पिङ खेल्न सक्दछन् । खम्बाको टेकामा बसेर एक अर्को मानिसले पिङ रिगाउन समेत सक्दछन् ।

बनोट विवरण (१)
  • समतल जग्गामा आवश्यक उचाइको एउटा बलियो काठको मुडा गाड्ने,
  • उक्त काठको टुप्पोमा लगभग १५/२० इन्च आवश्यक अनुसारको तस्ने,
  • काठको खम्बामा आवश्यक अनुसार काठका साना-साना टुक्राहरूको टेका बनाउने,
बनोट विवरण (२)
  • लामो लम्बाई र आवश्यक अनुसारको सानो चौडाइको काठ जसलाई पखेटा पनि भन्ने गरिन्छ । उक्त आवश्यक अनुसारको पखेटाको मध्ये भागमा प्वाल पारि खम्बाको टुप्पामा गाडिन्छ वा जोडिन्छ,
  • काठको पखेटालाई खम्बामा जोडि सकेपछि उक्त पखेटाको दुई छेउमा बाबियोको डोरी वा अन्य डोरीको लट्टा गाँसेर सामान्य पिङको आकारमा दुवै छेउमा दुई पिङ निर्माण गरिन्छ,

आवश्यक सामानहरू

सम्पादन गर्नुहोस्
  • झाटे पिङका लागि आवश्यक सामाग्रीहरू,
    • काठ खम्बा
    • काठको पखेटा
    • डोरी
    • काँटी, आदि।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री

सम्पादन गर्नुहोस्