झलकमान गन्धर्व

(झलकमा गन्धर्वबाट अनुप्रेषित)

झलकमान गन्धर्व (इ.सं. १९३५ - नोभेम्बर २३, २००३) नेपाली लोकगायक हुन्। उनले गाईने गीत अथवा गन्धर्व संगीतलाई प्रख्यात गराउनमा मुख्य योगदान पुर्‍याएका थिए। गन्धर्व संगीत, जुन नेपालका गाईने समुदायका मानिसहरूले मात्र गाउने गर्दछन्, पहिलोपल्ट रेकर्ड तथा रेडियोबाट प्रसारण गर्ने काम झलकमानले नै गरेका थिए। उनको सबैभन्दा लोकप्रीय गीत आमाले सोध्लीन् नि गीत हो जसमा युद्ध मैदानमा घाईते लाहुरेको अन्तिम सन्देसको रूपमा मार्मिक रूपले गाईएको छ।

व्यवसायिक जीवनी सम्पादन गर्नुहोस्

झलकमानले गन्धर्व समुदायका अन्य सदस्यहरूले जस्तै बालक काल देखिनै आफ्नो सांगीतीक जीवन सुरू गरे। उनले आफ्नो व्यवसायिक जीवनको सुरूमा अन्य गन्धर्वहरू जस्तै गाउँ घुम्दै गाईने गीत गाउँथे। पछि, लोकगायक धर्मराज थापाको सहयोगले उनले इ.सं. १९६५ देखि रेडियो नेपालमा गायकको रूपमा सेवा सुरू गरे।

कार्य सम्पादन गर्नुहोस्

झलकमानले विभिन्न प्रकारका गीतहरू जस्तै झ्याउरे, कर्खा, ख्याली, भज आदि रेकर्ड गराए। उनले दोस्रो विश्वयुद्धको समयमा बहादूरी कमाएका करीव २० नेपालीहरूको प्रशंसामा कर्खाहरू रचना गरे। उनको एक मात्र गीत एल्बम छ तर पनि उनी नेपाली लोक गीतमा उनको योगदा महत्त्वपूर्ण मानिन्छ। उनला आफ्नो सम्पूर्ण जीवन गन्धर्व गीतको सङ्कलन, परिमार्जन तथा प्रस्तुतीमा लगाए।

उनले जर्मनी, युगोस्लाभिया, बेल्जीयम, फ्रान्स र भारतमा पनि आफ्नो सांगीतीक कला प्रस्तुत गरेका थिए।

सम्बन्धित लेखहरू सम्पादन गर्नुहोस्