ज्योतिष गुणाकर
ज्योतिष गुणाकरको सन्तान भारद्वाज गोत्रीय निरोला भण्डारी ब्राह्मण हुन् । भण्डारी ब्राह्मणलाई पाल राजाले डोटी तल्लो वोगटानको रिसेडीकोट देखि केही पररहेको भण्डारी भुवा गडो भनिने जमिन दान दिएको छ । त्यो गडो भारद्वाज गोत्रिय निरोला भण्डारी बामनको हो । यो गडो बर्छैन गाउँ विकास समिति वार्ड न ७ रिसेडी गाउँदेखि माथि डाँडामा रहेको श्री लक्ष्मी मा.वि.को तल छ । खतेनाको जमिन पनि यी ब्राह्मणलाई दान दिएका थिए । यसरी अन्यत्र पनि जग्गादान गरेकाछन् । यी भारद्वाज गोत्रीय ब्राह्मणको बासस्थान भएको निरोलीमा कलार देवता छ । निरोलीको कलार देवतासँग भण्डारी ब्राह्मण सम्बन्धित छन् भने रिसेडी र निगालीको कलार देवतासँग त्यहाँका ठकुरीहरु सम्बन्धित छन् । यसकुरालेपनि यिनको पूर्खेउली सम्बन्धलाई पुष्टि गर्दछ ।
विवरण | सम्बन्ध काल |
---|---|
कार्तिकेयपुरबाट डोटी प्रवेशकाल | शाके १२३५ आसपास (१३औ शताब्दी) |
यसकुलको गोत्र | भारद्वाज |
कुलदेवता | भागेश्वर (शिव/केदार) |
राजगुरु | कत्युरी वंशीय राजा |
पुर्खा आगमन | कुमाऊ गडवालको कार्तिकेयपुर /रानीखेत |
वर्तमान लेखने थर | जोशी/भण्डारी /भट्ट |
बसोबास | डोटी / डडेल्धुरा |
मूलपूर्खाको आगमन | अयोध्या,दक्षिण भारत उज्ज्यन, पतालिपुत्र , |
निरोलीका भारद्वाज गोत्रीय भण्डारी र भट्ट ब्राह्मण [१]
सम्पादन गर्नुहोस्निरोला भण्डारी भारद्वाज गोत्रीय उपाध्याय ब्राह्मण हुँन् । यिनका कुलदेवता भागेश्वर हँन् । यिनको खान्दान जोशी(रुपाल), पन्त(दार्चुला), पाण्डेय(डडेल्धुरा), भण्डारी र भट्ट (निरोली,गडसेरा), भट्ट(वैतडी,डडेल्धुरा,डोटी) मा विभाजित छन् । फरक–फरक स्थानमा बसोबास गरेपनि यिनका देवताहरु वैदिक गणकै छन् । डोटी डडेल्धुरामा रहेका भारद्वाज गोत्रीय खानदानमा भागेश्वर कुलदेवता वताउँने परिवारहरु तीन शाखामा विभाजित भेटिन्छन् । एक शाखा जोशी (रुपालका बस्छन्), अर्को शाखा भट्ट र भण्डारीको रूपमा विभाजित भएकाहरु निरोली गडसेरामा बस्छन् । यी जोशी, भट्ट र भण्डारीहरु एकैकुलखान्दानका मानिन्छन् । यी कत्युरी पाल राजपरिवारसँगै डोटी वोगटान आएका हुँन् । गुणाकर जोशीका वंशज मानिएका यी भण्डारी ब्राह्मणमा हाल पढेलेखेका विद्वान र धनसम्पतीमा सम्पन्न भएका धेरैछन् । यी समाजसेवी र राजनीतिज्ञका रूपमा पनि चिनिएका छन् । कत्यूरी पाल राजाका पूर्खादेखि राजदरवारमा पूज्य रहेका कारण डोटी वोगटानका ठकुरीका पूर्वज निरयपालले यिनलाई निरोलीमा कोट स्थापना गरी लगेर गएका थिए । डोटी गडसेरा क्षेत्रमा पनि फैलिएर रहेकाछन् । गडसेरा क्षेत्रमा भट्ट र भण्डारी गरेर दुई शाखामा विभाजित भएका भए पनि एकै कुल खान्दानका हुँन् भनेर चिनिन्छन् । राजाजगती पालका ताम्रपत्रका लेखक ज्योतिष गुणाकर यिनै निरोला भण्डारीका पूर्वज थिए । निरोला भण्डारी ब्राह्मणका पूर्वजले डोटीबाट कुमाऊँ गडवालको कत्यूरमा रहेका देवताको भण्डारको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको समयदेखि जोशीबाट भण्डारी भनिएका हुन् । यिनलाई कुमाऊँको इतिहासमा कान्यकुन्ज(कनौज)बाट आएको भनिएको छ । कुमाऊँ कत्यूरीराज्यकालमा पाण्डे उपाध्याय भनिने यो खान्दान कत्यूरी राजा र चन्दराजा दुवैका राजगुरु थिए । तान्त्रिक विद्यामा विज्ञ मानिन्थे । कत्यूरी राजाले यस खान्दानलाई लोहान, थपला, सत्रालीको जग्गा जागीर दिएको कुरा अठकिसनले वताएका छन् । पाण्डे, जोशी, भण्डारीपछि डोटी रैकाको राज्यकालमा केही परिवार भट्ट थरमा पनि परिणत भए । सम्माननिय मन्त्री लेखराज भट्ट भण्डारीबाट भट्ट भएको शाखाका हुँन् । यस खान्दानका तालुकदार लिलाधर भण्डारीका अनुसार दक्षिण भारतबाट कुमाऊँ गढवालमा अयोध्याका राजासँगै आएका थिए । त्यहाँबाट रानीखेतमा बसेका थिए । ज्योतिषीको कामबाट जोशी भएका हुँन् । कालान्तरमा लटौला जोशीहरूले डोटीबाट कार्तिकेयपुरी राज्यको भण्डारा लैजाने काम पाएका दिनदेखि भण्डारी भनिएका हुँन् । लटौला जोशीको विषयमा लेखिएको आधार अनुसार श्रीशशिशर्मा कनौजबाट कालीकुमाऊँमा चन्द राज्यकालमा आएका थिए । पं रामदत्तदुवे ज्योतिविंद, श्रीपचारकदुवे शुक्ल ब्राह्मण कुमाऊँ बद्रीनाथ तीर्थ आए । उनकी ब्राह्मणी गर्भवती थिइन् । जोशी मठमा रमाकान्त नामका पुत्रको जन्म भयो । पछि गंगोत्रीमा मणकोटी राजाले आप्mनो राज्यमा बसाए । उनलाई लटौला गाउँ जागिर दिए । यसपछि उनका सन्तान लटौला जोशी भनेर चिनिएका हुँन् भन्ने कुरा कुमाऊँका इतिहासमा लेखिएको छ तर निरौला भण्डारी ब्राह्मणका पूर्वज कत्यूरी राज्यकालमै आएको वताईन्छ । कार्तिकेयपुरी राज्यको ध्वंसभएपछि यी ब्राह्मण कत्यूरी पाल राजासँगै निरोली आएकाले निरोलीका भण्डारी ब्राह्मण भनिए । यी भंडारी ब्राह्मणलाई यिनका ४ बाजेका नामबाट भंडा भनेर चिनाउँने गरिन्छ । जस अनुसार : चार भाइका नामबाट चारराठ भंडारी भनिए । यस अन्तरगत
- कलभंडा,
- विसभंडा,
- रामभंडा र
- सपुरभंडा हुँन् ।
- जेठा : कलभंडा अन्तरगत कृष्णा भण्डारी, दिनाथ भण्डारी, डिल्लीराज भण्डारी, प्रभाकर तर्फका भए ।
- माईला : विसभडा अन्तरगत भागेश्वरका पूजारी तर्फका हुँन् । यस अन्तरगत निर्मल, लक्ष्मी तर्फका र जोरायल गएकाहरु पर्दछन् ।
- साईला रामभंडा अन्तरगत भोजराज भंडारी तर्फको हाँगो हो । यी वड्यहामा छन् । यिनको एक भाइ डडेल्धुरा रुवाखोलाको भेउलानामा छन् । त्यहाँ देउवाहरुका कुलगुरु छन् ।
- कान्छा सपुरभंडा राठ तर्फका गैराघरी तर्फका हुँन् । यसै पट्टिकाहरु मुडेगाउँ क्षेत्र र अछाम गएकाहरु पर्दछन् । अछाम गएका भण्डारी ब्राह्मण मध्ये एक परिवार शर्मा लेख्ने गर्दछन् । यसै खान्दानका भण्डारीबाटै भट्ट भएकाहरु पनि गडसेरा क्षेत्रमा छन् ।
- निरोली भण्डारी ब्राह्मणका पुरोहित वसिष्ठ गोत्रका कालशैन कुलदेवता मान्ने जोशी थरकाछन् । कालशैन निरोलीमा यी जोशीको घरभित्रै राखिएका छन् । बाहिर राखिदैन् । यस परिवारलाई स्थानीय स्तरमा कुमैया बामन भन्ने चलन छ । यिनको बसोबास कडवन्नी पछि निरोली गाउँमा भयो । हाल यिनका ६ घर मात्र छन् । १२औं शताब्दीमा कुमाऊँबाट डोटी आएका हुँन् । निरोलीको भागेश्वरमा बामनको हिसाबले जान पाउँने अधिकार वसिष्ठ गोत्रीय यिनै जोशीको हो । नागी मल्ललाई भागेश्वरले दण्डित गरेपछि भागेश्वर देवता लाग्यो भनेर देवतालाई मनाई दिनु पर्यो भनेर यिनलाई वर्छैन गाउँ विकास समिति अन्तरगतको कडवन्नीबाट झिकाएको भनिन्छ । यी वसिष्ठ गोत्रीय जोशीको एक शाखा डडेल्धुरामा रहेका वसिष्ठ गोत्रीय नौलाकोटी पनेरुहरु हुँन् । नौलाकोटी पनेरुहरु वेताललाई कुलदेवता मान्दछन् । यस परिवारले सिंजाका राइका राजासँग भएको लडाईकै दौरानमा केही समय राजकाज पनि चलाएको थियो । यिनको एक परिवार दार्चुलामा पन्त थर लेख्ने गर्दछ् । ती वसिष्ठ गोत्रीय पन्त हुँन् । त्यस्तै वाजुरामा पनि वशिष्ठ गोत्रीय ब्राह्मण छन् ।
निरोलाभंण्डारी ब्राह्मणकुलसँग सम्बन्धित वंशावलीमा रहेका नामहरुः
सम्पादन गर्नुहोस्नैधभंडारी, श्रीरामभंडारी, श्रीकेशभंडारी, रामुभंडारी, हर्षुभंडारी, ठगीभंडारी, कालुभंडारी, जोगीभंडारी, भानुभंडारी, रनुभंडारी, मेदभंडारी, गोसलभंडारी, रामभंडारी, ज्ञानुभंडारी, साधुभंडारी, गुजुभंडारी, सजतुभंडारी, सुर्तानभंडारी, नरीभंडारी, हाँसुभंडारी, पिरोजभंडाुरी, पुरुषुभंडारी, भगीभण्डारी, विकुभंडारी, सारँगभंडारी,विदुकर भंडारी,भगी भंडारी, भिज्याभंडारी, रिपुभंडारी, काँशीभंडारी, दुता भंडारी, जयदेवभंडारी, करनभंडारी, बलिभद्रभंडारी, नैदाभंडारी, परमाभंडारी, देवभंडारी, शंकरभंडारी, जोगाभंडारी, शिवाभंडारी, बलदेवभंडारी, नामकरभंडारी, काँशीभंडारी, भगीरथभंडारी, केशवभंडारी, धनुषभंडारी, शिवुभंडारी, कृष्णाभंडारी..............आदि ।
वि.स.१८७३ ज्योतिष कर्ममा रुजु रही भनेर गरिएको मानाचावल रुक्का ।
सम्पादन गर्नुहोस्स्वस्ति श्री मन्महाराजधिराज कस्य रुक्का........................ आगे किस्ना भँडारी,केशव भँडारी,जयाकर भँडारी.....के तिमिलाई गडसिरा गर्खा मध्ये जीउना बस्तो गाउँ र स्याल कोटिला भित्रका खेत र पाखो समेत मानाचावल गरी अघिका जाँचकिहरूले थामि दियाको आज सम्म चर्चि वेहोरी आयाको जग्गा तपसिल वमोजिम का घर ५ खेत २÷२६ पाखो तामि १३ तेस्को लागपात समेत ...............षडा भित्र कठवझाको हुन्या वमोजिम विहोरेको ........... त भय मुरि १२ जम्मा खेत २÷३८ थामी वक्स्यौ । चातुर्मासिक वेद आवृति , रुद्री आवृति चँडी आवृति २७ पाठ पूजा गरी हाम्रो जय अपनाइ आप्mना ज्योतिष कर्ममा रुजुरहि मानाचावल जानि भोगगर इतिसम्वत १८७३ साल मिति माघ सुदि १३ रोज ६ शुभम् नोट : निरोलीका उपाध्याय तथा भूजाउ भण्डारी ब्राह्मण डोटी निरोली क्षेत्र, रुवाखोलाको भेउलाना क्षेत्र, एक परिवार अछाममा र एक परिवार मुडेगाउँ देखि माथि छन् । कोही कतै गएका पनि होलान् । यो भंण्डारी ब्राह्मण बाहेक सुदूर पश्चिममा क्षेत्री भण्डारीको संख्या धेरै छ । क्षेत्री भण्डारीहरु डोटी, डडेल्धरा, वैतडी, बझाङ, बाजुरा सहितका क्षेत्रमा भेटिन्छन् ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०)