जैविक विषादी
जैविक विषादी (अङ्ग्रेजी: Biopesticides) शत्रु जीवलाई मार्नका निम्ति प्रयोग गरिने जैविक वस्तु हुन् । जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्र जीव एवम् सूक्ष्म जीवहरू पर्नुका साथै विभिन्न जीव तथा वनस्पतिहरूको तत्त्व, उत्पादन वा सक्रिय तत्वहरू पर्दछन् ।[१][२] जैविक विषादी वातावरण मैत्री र वातावरणीय पक्षबाट स्वस्थ हुने गर्दछ र एकीकृत शत्रु जीव व्यवस्थापनको महत्त्वपूर्ण अंश मानिन्छन् ।
प्रकारहरू
सम्पादन गर्नुहोस्जैविक विषादीमा सूक्ष्म जीव, सूक्ष्म परजीवी, किराहरू, वनस्पतिजन्य नीमको धुलो, बोझो, टिमुर आदि पर्दछन् ।[१]
संरचना र प्रयोग
सम्पादन गर्नुहोस्जैविक विषादीहरू बनाउँदा प्राकृतिक स्रोतहरूको प्रयोग गरिन्छ । तरल पदार्थमा घोलिएको, धुलो अवस्थामा, दानादार रूपमा तयार पारिने जैविक विषादीको मौलिक गुणमा कमि नआओस् भन्ने ध्यान पुर्याइएको हुन्छ । यस विषादीमा मिसाइएका जैविक तत्वको प्रभावकारिताका निम्ति जैविक वस्तुहरू प्रयोग समयसम्म जीवित हुनु आवश्यक हुन्छ । सूर्यको प्रकाश, आद्रता, चिस्यान, तापक्रमले जैविक विषादीको प्रभावकारिता र प्रयोगमा असर पार्दछन् ।[३]
जैविक विषादीको संरचना तथा प्रकृति फरक किसिमको हुनुको साथै प्रयोग गर्ने तरिका पनि फरक पर्दछन् । जैविक विषादी पूर्णत: (Contact Action) मा आधारित हुन्छन् ।[३]
फाइदाहरू
सम्पादन गर्नुहोस्- शत्रुजीवको नियन्त्रण गरी राख्ने,
- वातावरण र मानवका लागि कुनै पनि खास असर नगर्ने र वातावरणमा रासायनिक विषादी जस्तो यसको प्रभाव लामो समयसम्म नरहने,
- स्थानीय स्रोत साधनको प्रयोगबाट ल्याउन सकिने, सस्तो पर्ने,
बेफाइदाहरू
सम्पादन गर्नुहोस्- निश्चित अवस्था वा समयमा मात्र प्रभावकारी हुने,
- विषादीको दायरा साँगुरो हुने,
- ढिलो कार्य अवधि हुने, नतिजा तुरुन्तै नदेखिने, विभिन्न बाह्य वातावरणीय तत्वले असर पार्न सक्ने,
नेपालमा उपलब्ध जैविक विषादीहरू
सम्पादन गर्नुहोस्ढुसीजन्य
सम्पादन गर्नुहोस्- हरियोढुसी (Metarhizum)
- सेतो ढुसी (Beauveria)
- Verticellium
- ट्राइकोडर्मा
ब्याक्टेरियाजन्य
सम्पादन गर्नुहोस्- बिटि (Bacillus thurigenisis)
भाइरसजन्य
सम्पादन गर्नुहोस्- NPV
नेमाटोडजन्य
सम्पादन गर्नुहोस्- नेमाटोडमा आधारित पदार्थ
वनस्पति आधारित
सम्पादन गर्नुहोस्- बोझोको धुलो,
- झोल मल
- निमारिन
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ Copping, Leonard G. (२००९), The Manual of Biocontrol Agents: A World Compendium, BCPC, आइएसबिएन 978-1-901396-17-1।
- ↑ Regulating Biopesticides. Environmental Protection Agency of the USA (2012). Accessed on 20 April 2012
- ↑ ३.० ३.१ बञ्जाडे, बलरामकृष्ण, आधारभूत कृषि ज्ञान, बागबजार, काठमाडौँ: गुडविल पब्लिकेसन प्रा. लि., पृ: ३९०-९१।