जेन अस्टिन
जेन अस्टिन (१६ डिसेम्बर १७७५ – १८ जुलाई १८१७) अङ्ग्रेजी उपन्यासकार र बढी पढिएकी लेखिका हुन् । सेन्स एन्ड सेन्सिबिलिटि (१८११), प्राइड एन्ड प्रिजुडिस (१८१३), म्यान्सफिल्ड पार्क (१८१४) र एमा (१८१५) उनका केही चर्चित कृति हुन् । सन् १८६९ मा उनको भतिजोद्वारा प्रकाशित ए मेमोर अफ जेन अस्टिन ले अस्टिनलाई धेरै चर्चित बनायो । सन् १९४० को दसक सम्म उनी अङ्ग्रेजी साहित्यको उल्लेखनीय लेखिकाको रूपमा चिनिसकिएकी थिइन् ।
जेन अस्टिन | |
---|---|
जन्म | स्टेभेनटन रेक्टरी, बेलायत | १६ डिसेम्बर १७७५
मृत्यु | १८ जुलाई १८१७ विनचेस्टर, बेलायत | (उमेर ४१)
समाधि स्थल | विनचेस्टर , बेलायत |
अवधि | १७८७ देखि १८०९–११ |
विधा | रोमान्स |
हस्ताक्षर |
जीवनी
सम्पादन गर्नुहोस्पारीवारीक पृष्ठभूमि
सम्पादन गर्नुहोस्अस्टिनका आमा क्यासेन्ड्रा र बाबू जर्ज उच्च परिवारिक पृष्ठभूमिबाट आएका थिए । बाबू जर्ज उल उत्पादक हुँदै अरु सैनिक अहोदामा पुगेको परिवार थियो । उनीहरूको विबाह १६ अप्रिल १७६४ मा भयो ।
अस्टिनका ६ जना दाजुभाइ र एउटी दिदी थिइन् । उनकि दिदी नै उनको मिल्ने साथी भइन्, [१]दाजुभाइहरू मध्ये हेनरीलाई अस्टिन नजिक मान्थिन् । हेनरी बैङ्कमा काम गर्थे, आफ्नो ठाउँको धेरै जनासँग चिनजान भएकाले अस्टिनको कृतिहरु छापिन उनले सहयोग पुर्याए [२]।
सुरूवाती जीवन
सम्पादन गर्नुहोस्अस्टिनको जन्म १६ डिसेम्बर १७७५ मा भयो र उनको न्वारान ५ अप्रिल १७७६ मा भयो । केही महिना पछि उनकी आमाले उनलाई एक वर्ष सम्म एलिजावेथ लिटलवुड कहाँ हेरचाहका लागि राखिन् ।
सन् १७८३ मा अस्टिन र उनकी दिदी क्याजेन्ड्रालाई पारिवारिक रिति अनुसार अक्सफोर्ड भर्ना गरियो । दुवै दिदीबहिनीलाई टाइफाइडले समात्यो, यसमा जेनको झन्डै मृत्यु भएन ।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Fergus, "Biography", 3; Tomalin, 142; Honan, 23, 119.
- ↑ "Kellynch Hall - Persuasion - Jane Austen", kellynch.com, १३ अगस्ट २००५।
- ↑ Le Faye, Family Record, 47–49; Collins, 35, 133.