जुलिया राणा (अर्को नाम: जुलिया मैयाँ) एक नेपाली महिला थिइन्। उनी शहीद दशरथ चन्दको प्रेमिका थिइन्।

जुलिया राणा
जुलिया राणा
जन्मकाठमाडौँ
मृत्युवि. सं. १९९०
पाल्पा, नेपाल अधिराज्य
राष्ट्रियतानेपाली
अन्य नामजुलिया मैयाँ
मातापितारुद्र शमशेर जङ्गबहादुर राणा (पिता)

जुलिया राणाको जन्म रुद्र शमशेर जङ्गबहादुर राणाको घरमा भएको थियो र उनका हजुरबुवा प्रधानमन्त्री वीर शमशेर थिए।[] जुलिया उनी दशरथ चन्दसँग प्रेममा पारिकी थियिन।[] चन्द बैतडीको रजौटा वंशका थिए र जब उनी त्रि-चन्द्र कलेजमा अध्ययन समाप्त गरेपछि रुद्र शमशेरले उनलाई आफ्नी छोरी दिने भनेका थिए।[] तर बहादुर शमशेरले पनि आफ्नी छोरी दिने प्रस्ताव चन्दसँग राखेका थिए र चन्द विश्वस्त भएनन्।[]

वि.सं. १९९० सालमा जुद्धशमशेरले रुद्र शमशेरलाई पाल्पा पठाइएयो।[] रुद्र शमशेरकी भित्रिनीतिरकी छोरी भएको हुनाले उनी बुवा सँग पाल्पा गईन।[] रुद्रकी नातिनी मीनाक्षीदेवीले उनीहरु को प्रेमपत्र आदानप्रदान गर्थिन।[] चन्द र राणाको विवाहको लागि बैतडीबाट एक पण्डित र उनका नातेदारहरु त्यहाँ आइपुगे तर जूठो परेपछि विवाह गरिएको थिएन।[][] जुलियाले पाल्पाबाट चन्दलाई उपहार नियमित पठाउने गर्थिन।[]

पाल्पामा २२-२३ वर्षको उमेरमा क्षयरोगका कारण जुलियाको निधन थियो।[][] चन्द जुलियाको शोकमा १३ दिनसम्म जूठो बारेर बसेका थिए।[] उनकी कान्छी आमाले सोध्दा उनले "केही होइन" जवाफ दिन्थे।[] जुलियाको निधन भएपछि उनले जिन्दगी भरि बिहे नै गरेनन्।[][] एकजना इतिहासकारले लेखेका छन् की "रुद्र शमशेरको परिवारमाथि गरिएको यो अन्यायका कारण नै दशरथ चन्दमा राणा शासनप्रति घृणा उत्पन्न भयो र उनी राणा शासन विरुद्ध लागे"।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. देवकोटा, यादव (३० जनवरी २०१९), "शहीद दिवस: कोही प्रेमिकाको जूठो बार्ने, कोही आफैँ फाँसी लगाउने शहीद", बीबीसी नेपाली, अन्तिम पहुँच १८ आषाढ २०७९ 
  2. "शहीद चन्दको प्रेमकथा: प्रेमिकाको निधन, १३ दिनसम्म बारे जुठो, फाँसी हुँदा समेत ओढे उपहारकाे खास्टाे", एभरेष्ट दैनिक, अन्तिम पहुँच १८ आषाढ २०७९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०७-०२ मिति
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ ३.७ दिक्पाल, राजकुमार (१५ माघ २०७८), "शहीद दशरथ चन्द, जसले प्रेमिका बित्दा जूठो बारेका थिए", हिमालखबर, अन्तिम पहुँच १८ आषाढ २०७९ 
  4. "दशरथ र जुलिया मैयाँको अधुरो प्रेम", नागरीक, १६ माघ २०७२, अन्तिम पहुँच १८ आषाढ २०७९ 
  5. ५.० ५.१ ५.२ बराल, सीताराम (१७ माघ २०७८), "एकै ठाउँ, एकै समय गोली खाएर मर्ने प्रण गरेका दशरथ–गंगालालको त्यो असीम प्रेम", नेपाल खबर, अन्तिम पहुँच १८ आषाढ २०७९ 
  6. शाही, निमेन्द्र (७ फागुन २०७७), "महाकाली तटमा वीरताका तीन गन्तव्य", शिलापत्र, अन्तिम पहुँच १८ आषाढ २०७९ 
  7. चन्द, सागर (१६ माघ २०७८), "जुलियाको प्रेम निशानी ओढेर संसार छाडेका दशरथ चन्द", शिलापत्र, अन्तिम पहुँच १८ आषाढ २०७९ 
  8. गौतम, राजेश (२०६१), "अमर शहीद दशरथ काण्ड र नेपालको प्रजातान्त्रिक आन्दोलन", अन्तिम पहुँच १८ आषाढ २०७९