जुलिया राणा
जुलिया राणा (अर्को नाम: जुलिया मैयाँ) एक नेपाली महिला थिइन्। उनी शहीद दशरथ चन्दको प्रेमिका थिइन्।
जुलिया राणा | |
---|---|
जन्म | काठमाडौँ |
मृत्यु | वि. सं. १९९० पाल्पा, नेपाल अधिराज्य |
राष्ट्रियता | नेपाली |
अन्य नाम | जुलिया मैयाँ |
मातापिता | रुद्र शमशेर जङ्गबहादुर राणा (पिता) |
जीवनी
सम्पादन गर्नुहोस्जुलिया राणाको जन्म रुद्र शमशेर जङ्गबहादुर राणाको घरमा भएको थियो र उनका हजुरबुवा प्रधानमन्त्री वीर शमशेर थिए।[१] जुलिया उनी दशरथ चन्दसँग प्रेममा पारिकी थियिन।[२] चन्द बैतडीको रजौटा वंशका थिए र जब उनी त्रि-चन्द्र कलेजमा अध्ययन समाप्त गरेपछि रुद्र शमशेरले उनलाई आफ्नी छोरी दिने भनेका थिए।[३] तर बहादुर शमशेरले पनि आफ्नी छोरी दिने प्रस्ताव चन्दसँग राखेका थिए र चन्द विश्वस्त भएनन्।[४]
वि.सं. १९९० सालमा जुद्धशमशेरले रुद्र शमशेरलाई पाल्पा पठाइएयो।[३] रुद्र शमशेरकी भित्रिनीतिरकी छोरी भएको हुनाले उनी बुवा सँग पाल्पा गईन।[५] रुद्रकी नातिनी मीनाक्षीदेवीले उनीहरु को प्रेमपत्र आदानप्रदान गर्थिन।[३] चन्द र राणाको विवाहको लागि बैतडीबाट एक पण्डित र उनका नातेदारहरु त्यहाँ आइपुगे तर जूठो परेपछि विवाह गरिएको थिएन।[३][६] जुलियाले पाल्पाबाट चन्दलाई उपहार नियमित पठाउने गर्थिन।[३]
पाल्पामा २२-२३ वर्षको उमेरमा क्षयरोगका कारण जुलियाको निधन थियो।[३][७] चन्द जुलियाको शोकमा १३ दिनसम्म जूठो बारेर बसेका थिए।[३] उनकी कान्छी आमाले सोध्दा उनले "केही होइन" जवाफ दिन्थे।[३] जुलियाको निधन भएपछि उनले जिन्दगी भरि बिहे नै गरेनन्।[५][८] एकजना इतिहासकारले लेखेका छन् की "रुद्र शमशेरको परिवारमाथि गरिएको यो अन्यायका कारण नै दशरथ चन्दमा राणा शासनप्रति घृणा उत्पन्न भयो र उनी राणा शासन विरुद्ध लागे"।[५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ देवकोटा, यादव (३० जनवरी २०१९), "शहीद दिवस: कोही प्रेमिकाको जूठो बार्ने, कोही आफैँ फाँसी लगाउने शहीद", बीबीसी नेपाली, अन्तिम पहुँच १८ आषाढ २०७९।
- ↑ "शहीद चन्दको प्रेमकथा: प्रेमिकाको निधन, १३ दिनसम्म बारे जुठो, फाँसी हुँदा समेत ओढे उपहारकाे खास्टाे", एभरेष्ट दैनिक, अन्तिम पहुँच १८ आषाढ २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०७-०२ मिति
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ ३.७ दिक्पाल, राजकुमार (१५ माघ २०७८), "शहीद दशरथ चन्द, जसले प्रेमिका बित्दा जूठो बारेका थिए", हिमालखबर, अन्तिम पहुँच १८ आषाढ २०७९।
- ↑ "दशरथ र जुलिया मैयाँको अधुरो प्रेम", नागरीक, १६ माघ २०७२, अन्तिम पहुँच १८ आषाढ २०७९।
- ↑ ५.० ५.१ ५.२ बराल, सीताराम (१७ माघ २०७८), "एकै ठाउँ, एकै समय गोली खाएर मर्ने प्रण गरेका दशरथ–गंगालालको त्यो असीम प्रेम", नेपाल खबर, अन्तिम पहुँच १८ आषाढ २०७९।
- ↑ शाही, निमेन्द्र (७ फागुन २०७७), "महाकाली तटमा वीरताका तीन गन्तव्य", शिलापत्र, अन्तिम पहुँच १८ आषाढ २०७९।
- ↑ चन्द, सागर (१६ माघ २०७८), "जुलियाको प्रेम निशानी ओढेर संसार छाडेका दशरथ चन्द", शिलापत्र, अन्तिम पहुँच १८ आषाढ २०७९।
- ↑ गौतम, राजेश (२०६१), "अमर शहीद दशरथ काण्ड र नेपालको प्रजातान्त्रिक आन्दोलन", अन्तिम पहुँच १८ आषाढ २०७९।