जीववैज्ञानिक जीवन चक्र
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जैविक घडीले मानव शरीर वा जीवलाई समयअनुसार व्यवस्थित गर्छ। बिहान सबेरै कुखुरा भाले बास्छ, छेपारोले मौसमअनुसार रङ फेर्छ। साँझ परेपछि कीरा कराउन थाल्छन्। जीवजन्तुका यस्ता विशेषताबाट हामी समयको जानकारी पाउँछौं। त्यसैले विभिन्न समयको सूचना दिने यस्ता प्रणालीलाई जैविक समय प्रणाली पनि भनिन्छ।माछा, छेपारो, चरा र विभिन्न स्तनधारी जन्तुमा हुने पेनियल ग्रन्थीले यस्तो काम गर्छ।मष्तिष्कमा हुने यो ग्रन्थीले मेलाटोनिन हार्मोनको उत्पादन गर्दछ। यो हार्मोन प्राणीको रगत र अरु तरल पदार्थमा प्रवाहित हुन्छ। समय र स्थानअनुसार यसको मात्रा फरक अभाव हुने र निद्रा लाग्ने हुन्छ। पेनियल ग्रन्थी नहुने हो भने प्राणीले आफू रहेको स्थान र समयको सही ज्ञान पाउन सक्दैन। यसैकारण जीवजन्तु समयको ज्ञान पाउँछन् र आफ्ना विशेषता देखाउँछन्। मानिसको शरीरको पनि राति मेलाटोनिनको मात्रा बढी र दिनमा कम हुन्छ।