जावल (अरबी: جوال‎‎), प्यालेष्टाइनको पहिलो दूरसञ्चार कम्पनी हो। सुरुमा यसमा ८८७ जना कर्मचारीहरू क्रियाशील थिए। कम्पनीलाई सन् १९९९ मा स्थापना गरिएको थियो भने यसमा पलटेलको स्वामित्वमा रहेको थियो। प्यालेष्टाइनको अग्रणी दूरसञ्चार प्रदायक भएको नाताले जावलले दूरसञ्चार क्षेत्र प्यालेष्टाइनी बजार आफ्नो पक्षमा पार्न सफल भएको थियो।[१][२] यसको प्रधान कार्यालय प्यालेष्टाइनको सहर रामल्लामा अवस्थित छ। कम्पनीका हालका प्रमुख कार्यकारी अधिकृत अब्दुलमजिद मेलहम हुन्।

जावल
شركة الاتصالات الخلوية الفلسطينية (جوال)
व्यवसाय प्रकार
सार्वजनिक संयुक्त कम्पनी
उद्योगदूरसञ्चार
स्थापित1999 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
प्यालेस्टाइन
मुख्य व्यक्ति
अब्दुलमजिद मेलहम (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूविमोसप्र, जिपिआरएस, एन, संक्षिप्त सन्देश सेवा, एमएमएस, इन्टरनेट सेवा प्रदायक, तेस्रो पुस्ता सञ्जाल
कर्मचारी सङ्ख्या
९००
मूल सङ्गठनपालटेल
वेबसाइटwww.jawwal.ps

यसको प्रक्षेपणसँगै, यसले दूरसञ्चार क्षेत्र बजार साझेदारीका हिसाबले ८१.५% प्रतिनिधित्व गरेको छ।[३] यसको अतिरिक्त जावलले विश्वका ३९१ सञ्चालकहरूसँग सहकार्य गर्दै १६० भन्दा बढी देशहरूमा अन्तर्राष्ट्रिय रोमिङ सेवा पनि सञ्चालन गर्दै आइरहेको छ। यसले पश्चिमी तटीय क्षेत्र र गाजा पट्टीमा सेवा सञ्चालन गर्दछ। यो प्यालेष्टाइन दूरसञ्चार कम्पनीको सदस्य हो।[४] यो कतारको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी उरिदूको सहायक उरिदू प्यालेष्टाइनको प्रतिद्वन्द्वी हो।

कम्पनीको इतिहास सम्पादन गर्नुहोस्

सन् १९९९ मा जावलले प्यालेष्टाइन राष्ट्रिय प्राधिकरण मार्फत अनुमति पत्र प्राप्त गरेपछि यसले पहिलो आफ्नै सञ्जालमा पहिलो सम्पर्क गर्न सफल भएको थियो।

सञ्चारको क्षेत्रमा छिटो प्रविधि विकासका साथ जावल संसारमा सबैभन्दा प्रयोग गरिएको विश्वव्यापी मोबाइल सञ्चार प्रणालीमा चयन भएको थियो। यसले स्विडेनी कम्पनी एरिक्सनसँग चाहिने मुख्य हार्डवेयर र उपकरणहरू आयात गरेको थियो।[५] २००७ को अन्त्य सम्ममा, यसले १० लाख ग्राहकहरू प्राप्त गरेको थियो भने यो सङ्ख्या सन् २०१० मा आएर २० लाख भन्दा बढी वा २७,५०,००० पुगेको थियो।[६][७]

कम्पनीले बेहोरेका समस्यहरू सम्पादन गर्नुहोस्

सन् २००१ को अन्त्य तिर, इजरायली प्राधिकरणहरूले यसको उपकरणहरूलाई नियन्त्रणमा लिई यसको विकासमा अवरुद्ध पारि सञ्जाललाई प्रतिबन्ध गरेका थिए। जावलले आफ्नो सेवाको स्तरलाई यसको सञ्जालको क्षमताको अनुपातमा राख्नको लागि नयाँ सञ्जालको बिक्री रोक्न सकेको भए प्रतिबन्धमा नपर्ने इजरायली अधिकारीहरूले जानकारी दिएका थिए।[८]

जवलले सन् २००५ मा यो अवरोधलाई पराजित गर्नका लागि नयाँ मार्गको आविष्कार गरेको थियो। यसले आफ्नो सम्पूर्ण कार्य लण्डनबाट प्रदान गरेको घोषण गरेको थियो।[९] यसले आफ्ना ग्राहकहरूलाई प्रधान कार्यालय हजारौं माइल टाढाबाट माध्यम मार्फत सेवा प्रदान गरेको थियो।[१०]

सञ्जाल सम्पादन गर्नुहोस्

जावलले आवृत्ति स्थापना गर्न इजरायली प्राधिकरणसँग सङ्घर्ष गरेको थियो।[११] २३ जनवरी २०१८ देखि, जावलले व्यवसायीक तवरले तेस्रो पुस्ता सेवा प्रदान गर्दै आइरहेको छ। यसले हाल सम्म पनि चौथो पुस्ता सेवा सञ्चालनमा ल्याएको छैन।[१२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Palestine Cellular Communications "Jawwal", PITA वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२३ मिति
  2. Palestine Cellular Communications company', Jawwal, PG
  3. "تستحوذ حصتها السوقية على 75% من السوق الفلسطيني"  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०७ मिति
  4. "مقارنة الأرقام والنتائج بين جوال والوطنية موبايل في الربع الأول 2018", الاقتصادي | أخبار اقتصاد فلسطين, अन्तिम पहुँच २०१९-०९-१२ 
  5. "جوال والوطنية توقعان مع إريكسون اتفاقية تمهد تشغيل 3G", الاقتصادي | أخبار اقتصاد فلسطين, अन्तिम पहुँच २०१९-०९-१२ 
  6. "جوال: 2 مليون و 350 ألف مشترك", www.raya.ps (अरबीमा), अन्तिम पहुँच २०१९-०९-१२ 
  7. Wassel Group, Jawwal
  8. "شركة الاتصالات الخلوية الفلسطينية تستخدم التقنية سلاحا تتفوق به على المنافسة الاسرائيلية,", archive.aawsat.com, अन्तिम पहुँच २०१९-०९-१२ 
  9. ""جوال" تحصل على شهادة "الآيزو 14001"" 
  10. "Economic Peace in the West Bank and the Fayyad Plan: Are They Working? | Middle East Institute", web.mei.edu, अन्तिम पहुँच २०१९-०९-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०७ मिति
  11. "Palestinians get 3G mobile services in West Bank", रेउटर्स, २४ जनवरी २०१८, अन्तिम पहुँच २०१८-०१-२६ 
  12. قصة جوال

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट