जशोर जिल्ला बङ्गलादेशको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने एक जिल्ला हो । जशोर शहर यस जिल्लाको राजधानी शहर हो । [१]

जशोर जिल्ला
যশোর জেলা
बङ्गलादेशको नक्शामा जशोर जिल्लाको अवस्थिति
बङ्गलादेशको नक्शामा जशोर जिल्लाको अवस्थिति
देश बङ्गलादेश
विभागखुल्ना
क्षेत्रफल
 • जम्मा२,६०६.९४ किमी (१००६.५५ वर्ग माइल)
उन्नतांश
७ मिटर (२३ फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा२,७६४,५४७
वेबसाइटआधिकारिक वेबसाइट

जशोर जिल्ला सन् १७८१ मा स्थापित भएको थियो जसमा ४ नगरपालिका ३६ वार्ड, ८ उपजिल्ला, ९२ सङ्घीय परिसर, १४७७ गाउँ र १२० महल रहेका छन् । यस जिल्लामा उभयनगर, बाघरपाडा, चौगाछा, शार्श, मनिरामपुर, कोशवपुर, जशोर सदर, झकरगनछा उपजिल्लाहरू रहेका छन् ।

शव्दको उत्पत्ति सम्पादन गर्नुहोस्

जशोर जिल्लाको उत्पत्तिको सन्दर्भमा दुई सिद्धान्तहरू रहेका छन् । जशोर शव्दको अर्थ फरासी भाषाबाट उत्पत्ति भएको थियो जसको अर्थ नदीको पुल हुने गर्छ । बङ्गलादेश जस्तो धेरै नदि भएको देशमा जशोर जिल्लामा धेरै जसो नदीहरू एक आपसमा जोडिएको छन् र यहाँ धेरै नदीका पुलहरू रहेका छन् । यहाँ एक परम्परागत डोरीको प्रयोग गरी निर्माण गरिएको पुलहरू पनि रहेका छन् ।

इतिहास सम्पादन गर्नुहोस्

जशोर जिल्ला प्राचीन कालमा जनपदा राज्यको एक भाग थियो भने १५ अौँ शताब्दी पछि यो ठाउँ प्रतापादित्य अधिराज्यको एक भाग थियो । यस जिल्लामा ब्रिटिश प्रशासन अन्तत सन १७८१ स्थापना गरिएको थियो । १९४७ मा जशोर भारत र (पहिला) पाकिस्तान को बीच विभाजित भएको थियो । २९ मार्च १९७१ मा पाकिस्तानी सेना विरुद्ध बङ्गाली सेनाले जशोरमा आक्रमण गरेका थिए ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या २७,६४५,४७ रहेको छ जसमध्य कुल जनसङ्ख्याको ८५.५% इस्लाम धर्मका मानिसहरू रहेका छन् भने १४.२१% हिन्दु धर्मका मानिसहरू छन् र बाँकी रहेका मानिसहरू अन्य धर्ममा विश्वास गर्छन् ।

यस जिल्लाको मुख्य व्यवसाय कृषि हो जसमा जिल्लाको कुल जनसङ्ख्याका ३९.८४% मानिसहरू आवद्ध छन्, त्यस्तै गरी २४.१३% मानिसहरू मजदुरी पेशामा आवद्ध छन् भने ११.९९% मानिसहरू व्यापारमा आवद्ध छन् भने १.४१% जनसङ्ख्या यातायात पेशामा आवद्ध छन् र बाँकी रहेका ८.१८% मानिसहरू अन्य व्यवसायमा सम्लग्न छन् ।

भूगोल सम्पादन गर्नुहोस्

अवस्थिति सम्पादन गर्नुहोस्

जशोर जिल्ला २२°४८' देखि २३°२२' उत्तर अक्षांश र ८८°५१' देखि ८९°३४' पुर्व देशान्तरणमा अवस्थित छ । यो जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्य २५७०.४२ वर्ग किलोमिटर ओगटेको छ । यो जिल्लालाई उत्तर तर्फबाट मगुरा जिल्ला र झेनद्रेह जिल्लाले धेरेको छ भने सतखीरा र खुल्ना जिल्लाले दक्षिण तिर्फबाट धेरेको छ, त्यस्तै गरी नरिल जिल्लाले पुर्वमा र भारतको पश्चिम बङ्गालले पश्चिमबाट धेरेका छ । यस जिल्लामा भैरव, टेका, हरी, श्री, बेटना, मुक्तेसवार जस्ता प्रमुख नदिहरू यही जिल्ला हुँदै बग्छ ।

मौसम सम्पादन गर्नुहोस्

यस जिल्लाको वार्सिक अौसत तापक्रम १५.४ डिग्री देखि ३४.६ डिग्री सम्म मापन गरिएको छ भने यहाँ वार्सिक १,५३७ मिलिमिटर वर्षा हुने गरेको छ ।

जशोरको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) २२.९
(७३.२)
२७.०
(८०.६)
३३.४
(९२.१)
४१.०
(१०५.८)
३८.१
(१००.६)
३२.६
(९०.७)
३१.४
(८८.५)
३१.६
(८८.९)
३२.१
(८९.८)
३१.५
(८८.७)
२९.२
(८४.६)
२४.९
(७६.८)
३१.३
(८८.४)
दैनिक औसत °से (°फे) १५.४
(५९.७)
१९.३
(६६.७)
२६.१
(७९.०)
३४.६
(९४.३)
३३.०
(९१.४)
२९.२
(८४.६)
२८.४
(८३.१)
२८.६
(८३.५)
२८.७
(८३.७)
२७.२
(८१.०)
२३.१
(७३.६)
१७.८
(६४.०)
२६.०
(७८.७)
न्यूनतम औसत °से (°फे) ९.०
(४८.२)
११.७
(५३.१)
१८.९
(६६.०)
२८.३
(८२.९)
२७.९
(८२.२)
२५.८
(७८.४)
२५.५
(७७.९)
२५.६
(७८.१)
२५.४
(७७.७)
२३.०
(७३.४)
१७.०
(६२.६)
१०.६
(५१.१)
२०.७
(६९.३)
औसत वर्षा मिमी (इन्च) ११
(०.४)
१९
(०.७)
४०
(१.६)
७७
(३.०)
१६८
(६.६)
३१४
(१२.४)
३०४
(१२.०)
२९३
(११.५)
२४५
(९.६)
१३३
(५.२)
२८
(१.१)

(०.३)
१,६४०
(६४.४)
औसत सापेक्ष आर्द्रता (%) ४६ ३५ ३६ ४४ ६० ७६ ७५ ७६ ७४ ७० ५१ ४४ ५७
स्रोत: राष्ट्रिय समाचार पत्र

यातायात सम्पादन गर्नुहोस्

जशोर जिल्ला यस जिल्लाको छेउछाउमा रहेको जिल्ला र शहरसँग राजमार्गबाट जोडिएको छ । जेसौर पूर्वी रेलवे को व्यापक गेज-आधारित नेटवर्क मा एक जोडिएको स्थानमा पर्छ । यस जिल्लाका रेल मार्गहरू भारतीय क्षेत्रसम्म विस्तारित छन भने राजधानी ढाका र भारतीय सहर कोलकातासँग जोडिएको रेल सेवा सन् अप्रिल २००८ मा सुरु भएको थियो जिमा जेशोर मार्गको मध्यमा स्थानमा रहेको छ । यस जिल्लामा जशोर विमानस्थल रहेको छ जुन बङ्गलादेश सेनाको विमानस्थलको रूपमा स्थापित भएको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "बङ्गलादेश सरकारले पाँच जिल्लाहरूको अङ्ग्रेजी हिज्जे सुधार गरेको छ", बिडिन्युज (ढाका), २०१८-०२-०४, अन्तिम पहुँच २०१८-०४-०२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्