जलवियोजन
जलवियोजन भन्नाले मानव शरीरमा भएको तरल पदार्थको अत्याधिक क्षति भन्ने बुझिन्छ। विभिन्न रोगहरूका कारण मानव शरीरमा भएको पानी, नुन र पोषक तत्त्वहरू खेर गई शरीर शिथिल अवस्थामा पुग्नुलाई जलवियोजन भएको भनिन्छ। जलवियोजन भएपछि रोगीहरू झिँजिने, झर्कोमान्ने, बढी मात्रामा तिर्खा लाग्ने, आँखा गड्ने, आँखा र जिभ्रो सुख्खा हुने, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्किने हुन्छ। यदि अति जलवियोजन भएमा बिरामीले पेयपदार्थ पनि पिउन सक्दैन, सुस्त र बेहोससमेत हुन्छ र अन्त्यमा शरीरमा पानी तथा लवणको कमीले मानिसको मृत्युसमेत हुनपुग्छ। मुख्यतया झाडापखाला, हैजा आदि रोगकाकारण मानिसलाई जलवियोजन हुनेगर्दछ।