जर्सी गाई
जर्सी गाई ब्रिटिश च्यानल टापुहरूमा पर्ने जर्सी भन्ने टापुको एक प्रजाति (नस्ल) हो। यो गाई अत्यधिक उत्पादनशील हुन्छ। यसले करीब आफ्नो बजनको १० गुणा सम्म दुध दिन सक्छ। यसको दूधमा फ्याट र प्रोटिनको मात्रा उच्च हुन्छ। दुधको रंग फिक्का पहेंलो हुन्छ।
मूल देश | बेलायती द्वीप |
---|---|
वितरण | विश्वव्यापी |
प्रयोग |
|
विशेषताहरू | |
तौल |
|
आवरण | परिवर्तनशील |
|
यो प्रजाती विभिन्न मौसम र वातावरणमा बाच्न सक्दछ। जस्तै चिसो होस् या शीतोष्ण जलवायु या तातो जलबायु, यो प्रजाती सजिलै बाच्न सक्दछ। त्सैले यो विश्वका धेरै देशहरूमा निर्यात गरिएको छ; तिनीहरूमध्ये केही, डेनमार्क, फ्रान्स, न्यूजील्याण्ड र संयुक्त राज्य अमेरिकालगायतमा यो प्रजाती स्वतन्त्र जातको रूपमा विकसित पनि भएको छ। नेपालमा पनि यसको आयात गरिएको छ।[१]
विशेषताहरु
सम्पादन गर्नुहोस्यो गाई केरिब ५०० किलोग्राम सम्मको हुन्छ। यसको रंग खैरो देखि कालोसम्म हुन सक्छ। शुद्ध नस्लको जर्सी गाईमा मुखको वरिपरि घर्सो हुन्छ र पुच्छरको अन्तमा लामो कपाल हुन्छ। यो गाई शान्त स्वभावका हुन्छन् तर गोरूहरू चाहिं आक्रामक हुन सक्छन्। [१]
यो प्रजाती लोकप्रियहुनुको मुख्य कारणहरु यस्ता छन्ः [२]
- शरीरको तौलको अनुपातमा प्रति इकाई क्षेत्रफलमा धेरै उत्पादन हुनु
- कम रखरखाव आवश्यकता रहनु
- उच्च चरन क्षमता हुनु
- क्रस प्रजनन गर्न सक्नु
- सजिलै बच्चा पाउन सक्ननु
- दुधमा उच्च बटरफ्याट (५%) र प्रोटिन (४%)को मात्रा हुनु
ईतिहास
सम्पादन गर्नुहोस्सन् १९७९ भन्दा पहिले जर्सी गाई अन्तर-टापु विवाहमा दइजोको रूपमा दिइन्थ्यो।[३] १७८९ तिर यो शुद्धता कायम गर्न, जर्सीमा विदेशी गाईवस्तुहरूको आयात गर्न निषेध गरिएको थियो। त्यस टापुकामा गाईवस्तु र वीर्यको निर्यात महत्वपूर्ण आर्थिक स्रोत रहेको थियो। जोन ले कउटरले यसको प्रजनन सम्बन्धि अध्ययन गरेका थिए। र उनको कामले १८३३मा रोयल जर्सी एग्रीकल्चरल एण्ड हॉर्टिकल्चरल सोसाइटीको स्थापनामा गरिएको थियो।
१८८० ताका प्रति गाईको मुल्य १६ पाउन्ड थियो।
सन्दर्भ सामाग्रीहरु
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ Valerie Porter, Lawrence Alderson, Stephen J.G. Hall, D. Phillip Sponenberg (2016). Mason's World Encyclopedia of Livestock Breeds and Breeding (sixth edition). Wallingford: CABI. आइएसबिएन ९७८१७८०६४७९४४.
- ↑ Rex Paterson in Jersey Cattle, ed. Boston, 1954, pp81-95
- ↑ Jersey Cattle, Eric James Boston. 1954.