जय नेपाल विशेषरुपमा नेपाल मा प्रचलित एक देशभक्तिपूर्ण नारा हो जुन घोषणा, भाषण तथा संवादमा नेपालको प्रति देशभक्ति प्रकट गर्नको लागि प्रयोग गरिन्छ। यसको शाब्दिक अर्थ "नेपालको विजय" हो । यो नारा शहिद शुक्रराज जोशी शास्त्रीद्वारा पहिलो पटक सम्बोधन गरिएको थियो |[१] तत्पश्चात आधुनिक कवि गोपाल प्रसाद रिमालले मित्र साथि हरू संग भेट्दा "जय नेपाल" भन्ने सुरु गरे। यस नारालाई राजा, नेपाली सेना, र नेपाल प्रहरीले पनि पुकार्न सुरु गरे। नेपाली राष्ट्रिय कांग्रेसले आफ्नो स्थापनाको पहिलो दिन, १२ माघ २००३ सालमा नेपालका चार महान् सहिद (शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्दगङ्गालाल श्रेष्ठ) प्रति पहिलोपटक श्रद्धाञ्जली अर्पण र ‘जय नेपाल’ को पुकारलाई कांग्रेसको अभिवादन मान्ने विधिवत् परम्पराको थालनी गर्‍यो।[१] [२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ अर्जुननरसिंह केसी, ‘जय नेपाल’ अभिवादन र इतिहास, अन्नपूर्णपोस्ट, मूलबाट ०२ जेठ २०७६-मा सङ्ग्रहित, अन्तिम पहुँच ०२ जेठ २०७६ 
  2. इकागज, 'जय नेपाल' भन्‍ने चलन कसरी सुरु भयो ?, इकागज |, अन्तिम पहुँच असोज ११, २०७८