जगेडा
जगेडा (अङ्ग्रेजी: Reserve) भन्ना संस्थाको नाफा वा मुनाफाबाट छुट्टाइएको रकम वा सो रकमबाट खडा गरेको कोषहरूलाई जनाउँदछ । जगेडा संस्थाको वित्तीय अवस्था सुदृढ गर्नको लागि तथा भैपरि आउने दायित्वहरूको लागि मुनाफाबाट समायोजन गरी खडा गरिन्छ । जगेडामा रकम छुट्याउदा संस्थाको आन्तरिक वित्तीय क्षमता बढ्न जान्छ तर यसले शेयरधनीले लाभांशको रूपमा प्राप्त गर्ने रकममा कमि ल्याउँदछ तर जगेडाको रकममा शेयरधनीहरुकै हक अधिकार रहन्छ । जगेडा रकमलाई संस्थाको वासलातको पूँजि तथा दायित्व पक्षमा देखाइन्छ ।
जगेडाको प्रकारहरु
सम्पादन गर्नुहोस्- पूँजिगत जगेडाः पूँजिगत आय वा मुनाफाबाट खडा गरिएको रकमलाई पूँजिगत जगेडा भनिन्छ ।
- आयगत जगेडाःआयगत आय वा मुनाफाबाट खडा गरिएको रकमलाई आयगत जगेडा भनिन्छ ।
- कानुनी जगेडाः कतिपय जगेडाको रकमहरु ऐनमा नै अनिवार्य रूपमा खडा गर्नु पर्ने भनि उल्लेख गरिएको तथा सोको प्रयोगमा समेत रोक लगाइएको हुन्छ, यस्तो जगेडालाई कानुनी जगेडा भनिन्छ । उदाहरणको लागि बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार खडा गर्नु पर्ने साधारण जगेडा तथा सहकारी संस्थाहरूले सहकारी ऐन अनुसार खडा गर्नु पर्ने जगेडा ।
- उठिसकेको जगेडा
- उठन बाँकी जगेडा
जगेडाका उदाहरणहरु
सम्पादन गर्नुहोस्- शेयर प्रिमियम
- साधारण जगेडा
- सञ्चित मुनाफा
- स्थगत कर जगेडा
- पूँजि फिर्ता जगेडा