चेतन कार्की (वि.सं. १९९५ कात्तिक २२- २०७८ जेठ २) एक नेपाली चलचित्रका सफल निर्देशक, लेखक, कवि, गीतकार तथा साहित्यकार हुन्।[][][] उनको जन्म स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो। उनी दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, तीजको रहर, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म, बैनीको दया छ भने जस्ता चर्चित गीतका रचनाकार हुन्। उनका शब्दमा नेपालका स्थापित गायक गायिकाहरु नारायणगोपाल, तारा देवी, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ लगायतले स्वर दिएका छन्।[]

चेतन कार्की
जन्म१९९५ कात्तिक २२
स्याङ्जा, बहाँटारी, थुमआरुखर्क
मृत्यु२०७८ जेठ २
नागरिकतानेपाली
पेशानिर्देशक, लेखक, गायक

जेष्ठ २, २०७८ मा उनको काठमाडौंको आर्मी अस्पतालमा ८३ वर्षिय कार्कीको कोभिडका कारण निधन भयो।

वर्ष चलचित्रको नाम भूमिका
सन् १९८८ माया प्रीति निर्देशक

सन्दर्भ सामाग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ गीतकार तथा निर्देशक चेतन कार्कीको निधन. setopati.com
  2. निर्देशक चेतन कार्कीको निधन. nmbnews.com
  3. रहेनन् फिल्म निर्देशक चेतन कार्की. filmykhabar.com