चुल्ल गाउँ डडेल्धुराको जिल्लाको वगरकोट गा.वि.स.को वडा न.6 मा पर्दछ।यो गाउँ प्राकृतिक हावापानिका दृष्टिले अत्यन्तै राम्रो मानिन्छ।यस गाउँको पूर्बतिर बगरकोट गा.बि.स. अन्तर्गत नै पर्ने चौड खाल्टा भन्ने गाउँ रहेको छ भने यसको उत्तरतिर सिराड गाउँ रहेको छ।यस गाउँमा पटक पटक पहल गर्दा पनि सडक पुग्न सकेको छैन जसले गर्दा यहाँ पर्याप्त मात्रामा फल्ने मौसमलाई राम्रो मुल्यमा बेच्न सकिएको छैन।एक ब्यबसायीका अनुसार मौसम बेच्ने समयसम्म फलेको मौसमको एक तिहाईसम्म पनि बाँकी हुँदैन।पटकपटकको हावाहुरी र बाँदरको कारणले यस्तो भएको उनको भनाई छ।यौ गाउँमा स्थानीय अना खोलाबाट पानि ल्याई बिद्धुत निकालिएको छ,जसबाट 100 घरदुरी लाभान्वित भएका छन।पटक पटक बिग्रदा मर्मत खर्चको अभाव हुँदा कहिले बन्द समेत रहने गरेको उक्त जलबिद्धुत आयोजनाका अध्यक्ष शंकर दत्त भट्टले जानकारी दिनुभयौ।यदि यो गाउँमा चाॅडै नै सडकको सुबिधा पुगेको खण्डमा स्थानीयको जिवनस्तर सुध्रिने थियो होला।त्यसैले यसमा सरकारको ध्यान पुगोस,हेमराज भट्ट,वगरकोट 6 चुल्ल डडेल्धुरा नेपाल।