चिम्टेश्वर महादेवस्थान
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
चिम्टेश्वर महादेवस्थान नुवाकोट जिल्लाको बेलकोट, कुमारी, जिलिङ तथा दुईपिपल गाविसको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं पर्यटकीय महत्त्वको क्षेत्र हो । जडिबुटी, लोपोन्मुख पशुपन्छी, चराचुरुङ्गी तथा पुतलीहरू पाइने उक्त स्थानबाट गणेश, लाङटाङ, जुगल, दोर्जेलाक्पा आदि हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ, त्यहाँबाट राजधानी उपत्यकाको तीनवटै सहर, काभ्रेपलञ्चोक, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, रसुवा, चितवन र गोर्खाको समेत दृश्यावलोकन गर्न सकिन्छ ।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "चिम्टेश्वरमा पर्यटन महोत्सव", कान्तिपुर। वेब्याक मेसिन अभिलेखिकरण २०११-०४-१९ मिति