चिकिनगुनिया अफ्रिकी शब्द हो, जसको शाब्दिक अर्थ 'मोडिदिनु' हुन्छ ।

चिकनगुन्या (2019)

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार चिकनगुनिया भाइरसबाट हुने संक्रमण हो । यो लामखुट्टेको सहयोगले सर्छ । यो संक्रमण एडिस एजिप्टी र एडिस एल्वोपिक्टस जातको संक्रमित लामखुट्टेले टोक्दा सर्छ । यी लामखुट्टले डेंगी भाइरससमेत सार्छन् । दिनको उज्यालोमा टोक्ने यी लामखुट्टे बिहान र अपराह्नपछि बढी सक्रिय हुन्छन् । एडिस एजिप्टीले घरभित्रसमेत टोक्ने गरेको छ । यो संक्रमण प्रत्यक्ष रूपमा नसर्ने डब्लूएचओले जनाएको छ । सन् १९५२ मा तन्जानियामा पहिलो पटक देखिएको चिकनगुनिया विस्तारै पश्चिम, मध्य र दक्षिण अफ्रिकी क्षेत्र हुँदै एसियामा आएको हो । भारतको हरेक क्षेत्रमा यो रोग देखिएको छ ।यो संक्रमण हुँदा उच्च ज्वरो आउूछ र हाडजोर्नी दुख्छ । मांसपेशीको दुखाइ, टाउको दुख्नु, वाकवाकी लाग्नु, थकान र बिमिरा निस्कनु यसका अन्य लक्षण हुन् । यो रोगको कुनै निदान छैन । यसको उपचार लक्षणका आधारमा गरिन्छ । संक्रमित लामखुट्टेले टोकेको चारदेखि आठ दिनपछि सामान्य व्यक्ति बिरामी पर्न सक्छ । यो अवधि दुईदेखि १२ दिनसम्मसमेत हुन सक्छ ।

नेपालमा पनि चिकनगुनिया देखियो वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१६ मिति